नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. द्धारा सञ्चालित चितवनको रत्ननगर नगरपालिका ५, टरौली चितवनमा रहेको तालिम केन्द्रबाट रेड लेडि जातको मेवाको बेर्ना विक्रि वितरण भईरहेको छ ।
यस तालिम केन्द्रले विभिन्न समयमा मौसमी तथा वेमौसमी फलफूल र तरकारीजन्य वालीहरुको वेर्न उत्पादन तथा परिक्षण समेत गर्दै आएको छ । तालिम केन्द्रमा कामगर्दै सिक्दैको पद्धतीमा विभिन्न तालिमहरु पनि सञ्चालन हुँदै आएका छन् । आफ्नो सञ्जाल भित्र रहेका सदस्य संस्था र अन्य सहकारी संघसंस्थाहरुको आवश्यक पर्ने तालिममा समेत तालिमकेन्द्रले सहजिकरण गर्दै आएको छ ।
यस मौसममा लगाउन मिल्ने मेवाको वेर्ना उत्पादन गरि अहिले सुलभ मुल्यमा बिक्री भइ रहेको तालिमकेन्द्रले जनाएको छ । मेवाको वेर्ना आवश्यक पर्ने संघसंस्थाह वा व्यक्तीहरुले ०५६५९५४४७ र ९८४९६५००५२ मा सम्पर्क गर्न सक्ने तालिमकेन्द्रले जनाएको छ ।