व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश, प्रकाश श्रेष्ठ

 एग्रो खबर   २० सावन, २०८१


मिति २०८१ श्रावण २० गते नेपाल कृषि सहकारी केन्द्रीय संघ  लि. धोबीघाट ललितपुरमा  आयोजित एक कार्यक्रममा बागमती प्रदेश,कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री प्रकाश श्रेष्ठ ज्यूले व्यवसायिक फापर  खेती प्रवर्धन गर्ने कार्यक्रम प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । साथै फापर निकै स्वस्थवर्धक रहेको हुँदा यसको उत्पादन र उत्पादकत्व बढाउन सके निकै लाभदायी हुन सक्ने र उत्पादन वृद्धिका लागि प्रदेश , स्थानीय तह र  कृषि सहकारी संस्था बिच समन्वय गर्दा अझ बढी उत्पादन हुनेमा विश्वस्त रहेको बताउनुभयो। कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सर्वप्रथम कृषि मैत्री कार्यविधि आवश्यक रहेको र नेपाल कृषि बजार अभिवृद्धिका लागि कृषि पाठशाला र आवश्यकता अनुसारको प्रशोधन उद्योग जरुरत रहेको जानकारी गराउनुभयो । 
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठकले कृषकका विभिन्न समस्या र समाधानका विषयमा छलफल गरी बागमती सरकारले कृषिका लागि प्रदेश, स्थानीय तह र कृषि सहकारी संस्थाहरूसँग समन्वयन गरी कार्यक्रम अगाडि बढाउन अनुरोध गर्नुभयो ।  कार्यक्रममा  कोरियाली दातृ निकाय, ग्लोबल सिविक सेयरिङका निर्देशक डाक्टर पिटर. एड. के. किमले गाँउको विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्न कोरियाका विभिन्न संस्थाहरु संग समन्वय गरि दिने जानकारी गराउनु भयो । साथै फापर खेतिलाई थप व्यवसायिकरण गर्न पाईलट प्रोजेक्टको रुपमा सुरुवात गरे पश्चात देशभर आयोजना मार्फत थप प्रभावकारी गराउनका  लागि समन्वय गर्ने बताउनु भएको थियो ।   कार्यक्रममा संघको उपमहाप्रबन्धक मिना पोख्रेल र अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

 

 



संबन्धित समाचारहरु

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
3 Day Information Technology training program concluded
3 Day Information Technology training program concluded
तीन दिने सूचना प्रविधि सम्बन्धित तालिम सम्पन्न
तीन दिने सूचना प्रविधि सम्बन्धित तालिम सम्पन्न
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो  : सूर्य थापा
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस