अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत

 एग्रो खबर   २२ असार, २०८२


काठमाडौँ, असार २० –

१०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडलाई विशेष सम्मान प्रदान गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा शनिबार राजधानीमा आयोजित एक भव्य समारोहमा संघलाई पुरस्कृत गरिएको हो ।

नेपालको ग्रामीण क्षेत्रमा सहकारी अभियानलाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गरी गरिब, दलित, पछाडी पाएिको समुदाय, युवा र महिलाहरुलाई शसक्तिकरण गर्ने कार्यमा महत्वपूर्ण योगदान गरिरहेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. लाई पुरस्कृत गरिएको छ ।

 

“सहकारीः सुन्दर विश्व निर्माणमा समावेशी र दिगो समाधानतर्फको यात्रा” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न संघ–संस्थाहरू तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार सर्लाही, बरहथवा–१५ स्थित भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि. का अध्यक्ष गोविन्द्र प्रसाद उप्रेतीलाई प्रदान गरिएको छ ।

त्यस्तै, सहकारी पत्रकारिता पुरस्कार – नेपालपत्रका सम्पादक माधव खड्का, उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार – जिल्ला सहकारी संघ, रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवाली, जिल्ला स्तरीय उत्कृष्ट सहकारी पुरस्कार – दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लाई प्रदान गरिएको हो ।

सातै प्रदेशबाट उत्कृष्ट सहकारी संस्थाहरूः

कोशी – मेची कृषक बहुमुखी सहकारी संस्था, झापा

मधेश – महिला साना किसान कृषि सहकारी संस्था लि., धनुषा

बागमती – सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौती, काभ्रे

गण्डकी – ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा

लुम्बिनी – इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था, रुपन्देही

कर्णाली – चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्ला

सुदूरपश्चिम – जीवनज्याति बचत तथा ऋण सहकारी संस्था, बैतडी लाई पनि पुरस्कृत गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेशनलले संयुक्त रूपमा तयार पारेको सहकारीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

त्यस्तै, सहकारी क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका महिला नेतृत्वकर्ताहरू निर्मला दंगाल, दिलमाया सारु, र निलम विकको संघर्षका प्रेरणादायी कथाहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको सुदृढीकरणका लागि सहकारीमैत्री कानुन संशोधन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सहकार्य र एकताको खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासंघका सल्लाहकारहरू केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस