खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओकेनले नेपालमा साना किसानहरुको आर्थिक उपार्जन मार्फत जीवन रुपान्तरणमा केन्द्रीय संघले काम गरेको प्रति खुसी व्यक्त गर्नुभयो

 NACCFL   १५ भदौ, २०८०


FAO कन्ट्रि डाइरेक्टर श्री केन सीमीजूले नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष श्री खेम बहादुर पाठकसहितको उच्च व्यवस्थापनसंग भेटघाट तथा छलफल गर्नुभएको छ ।

एफ ए ओ कन्ट्रि डाइरेक्टर श्री केन सीमीजूले एफ ए ओ को उद्धेश्य केन्द्रीत काम गर्न सफल भएकोमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र संघका साझेदार संघ संस्थाहरुलाई धन्यवाद दिनुभयो । केनले नेपालमा साना किसानहरुको आर्थिक उपार्जन मार्फत जीवन रुपान्तरणमा केन्द्रीय संघले काम गरेको प्रति खुसी व्यक्त गर्नुभयो । खाद्य सुरक्षा, खाद्य संप्रभुता, उत्पादन र वितरणसंगै साना किसानहरुको उत्पादनको बजारीकरणमा समेत केन्द्रीय संघसंग सहकार्य गर्ने कन्ट्रि डाइरेक्टर केनले बताउनुभयो ।

उहाँले एफ ए ओ ले आफ्नो लाभग्राीका रुपमा हेरेको साना किसानहरुसंग काम गरिरहेको केन्द्रीय संघसंगको सहकार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो हाम्रो उद्धेश्य मिल्छ किन हामी फरक फरक बाटो हिड्ने त्यसैले एफ ए ओ नेपालकृषि सहकारी केन्द्रीय संघलाई संगसंगै लिएर अगाडि बढ्न चाहान्छ ।

संघको सदस्य सहकारीहरुले अहिले एकीकृत सहकारी खेती सुरु गरेको बारे चासो व्यक्त गर्दै उहाँले यसले किसानहरुलाई आय आर्जन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता कार्यहरुलाई आगामी दिनमा अझै विस्तार गर्दै जानुपर्ने तर्क समेत उहाँले राख्नुभयो ।

उहाँलाई स्वागत गर्दै केन्द्रीय संघका अध्यक्ष श्री खेम बहादुर पाठकले नेपालको खाद्य सुरक्षा, कृषिजन्य उत्पादनको बृद्धि, बजारीकरण, मूल्य शृंखला लगायतका क्षेत्रमा एफ ए ओले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । यसैगरी युवा उद्यमशिलतामा समेत एफ ए ओले नेपालमा पु¥याएको योगदान सकारात्मक रहेको अध्यक्ष पाठकले बताउनुभयो ।

उहाँले किसानले उत्पादन गरेको कृषिजन्य वस्तुहरुको विक्रिवितरणका लागि किसानको आफ्नै बजार नभएको, किसानले आफ्नो वस्तुको मूल्य आफै तोक्ने सक्ने अवस्था नरहेको जानकारी गराउँदै यस क्षेत्रमा सहयोग आवश्यक रहेको बताउनुभयो । किसानहरुलाई ज्ञान, सिप, क्षमतामा अब्बल बनाई आर्थिक उपार्जन मार्फत किसानहरुको जीवन रुपान्तरणमा सहयोग पुग्नेगरी कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

एफ ए ओले हालै प्रदान गरेको एफ ए ओ पाटर्नसिप अवार्डले समग्र नेपाल र नेपालीहरुको आत्मविश्वास बढाएको अध्यक्ष पाठकले बताउनुभयो । उहाँले कुनैपनि काम लगनशिल भएर गर्ने हो भने कहिँ न कहिँ मूल्यांकन हुन्छ भन्ने कुरा एफ ए ओ अवार्डले प्रमाणीत गरेको भन्दै यसका लागि भूमिका खेल्ने एफ ए ओ नेपाल, किसान, संस्था, कर्मचारी, सुभेच्छुक, सहयोगी संघ संस्था लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसले नेपाली किसानहरुमा थप उत्साह बढाएको भन्दै उहाँले आगामी दिनमा पनि एफ ए ओ संगको सहकार्यलाई थप उचाईमा पु¥याउन आवश्यक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै संघका महाप्रवन्धक रुद्र भट्टराईले एफ ए ओ ले अन्तराष्ट्रिय कोदो वर्ष २०२३ घोषणा गरेर स्वास्थ्य, पोषण र उत्पादनमा दिगो प्रभाव पार्ने कार्यमा सहयोग गरेकोमा धन्यावाद व्यक्त गर्नुभयो । यस कार्यमा केन्द्रीय संघले पनि अभियान सञ्चालन गरेको बताउनुभयो ।

ग्लोबल एग्रीकल्चर फुड सेक्यूरीटी प्रोग्राममा केन्द्रीय संघले एफ ए ओ संग सहकार्य गर्ने महत्वपूर्ण अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । नेपालको खाद्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सम्भावनाहरुको पहिचान गर्न एफ ए ओले खेलेको भूमिका महत्वपूर्ण रहेको भट्टराईले बताउनुभयो । उहाँले खाद्य सुरक्षासंगै ग्रमीण क्षेत्रका गरिव किसानहरुको जीवनस्तर सुधार्ने कार्यमा एफ ए ओको ठूलो सहयोग रहेको बताउनुभयो ।

भूगोल र हावापानीको विविधतायुक्त नेपालमा विविध खाद्यन्न उत्पादनको सम्भावना रहेको भन्दै उहाँले साना किसान, युवा, महिला, पछाडिपरेका समुदाय, दलित र सिमान्तकृतहरुको सिप, क्षमता र दक्षता बढाउने कार्यमा एफ ए ओ संग विगतदेखी रहेको सहकार्य आगामी दिनमा अझै विस्तार भई बलियो बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को परिचय, संघले गरिरहेका काम र प्राप्त उपलब्धिका बारेमा संघकी उप महाप्रबन्धक मिना पोख्रेलले प्रस्तुती गर्नुभएको थियो । प्रस्तुतीका क्रममा पोख्रेलले नेपालमाले घोषणा गरेको पारिवारिक खेती वर्ष सन् २०१४ लाई सफलताका साथ सम्पन्न गरी यसलाई निरन्तर अगाडि बढाउन केन्द्रीय संघले भूमिका खेलेको जानकारी गराउनुभयो । पारिवारीक खेती वर्ष कार्यक्रमलाई सन् २०१९ देखी सन् २०२८ सम्म दशकका रुपमा अगाडि बढाउने प्रस्ताव नेपालले गरेको समेत जानकारी गरउानुभयो । उहाँले पारिवारीक रुपमा युवा, महिला लगायतलाई कृषिमा लाग्न यसले सहयोग पुगेको बताउनुभयो ।

छलफल कार्यक्रममा एफ ए ओ नेपालका असिस्टेन्ट रीप्रीजेन्टेटिभ डा. विनोद शाहले नेपाल कृषि सहकारी केन्द्रीय संघले ग्रामीण क्षेत्रमा पुगेर साना किसानहरुको जीवनस्तर सुधारमा गरेको काम प्रशंसनिय रहेको बताउनुभयो । किसानहरुलाई उत्पादन र उद्यमसंग जोड्ने विाष्यमा केन्द्य्रीय संघले अझै कामगर्नुपर्ने सम्भावनाका क्षेत्रहरु धेरै रहेको भन्दै उहाँले यसका लागि एफ ए ओ लगाएतका सरोकारवाला निकायहरुसंग साझेदारी गर्न सकिने समेत बताउनुभयो ।

छलफल कार्यक्रममा एफ ए ओ नेपालका प्रोग्राम अफिसर श्रवण अधिकारी, को–अडिनेटर शंकर सापकोटा, नेशनल फुड सेफ्टी एक्पोर्ट अरुण जी.सी., कम्यूनिकेसन एण्ड मिडिया इस्पेसलिस्ट सुमन गिरी, नेपाल कृषि सहकारी केन्द्रीय संघका तालिम केन्द्र प्रमुख लक्ष्मण पौडेल लगायतको उपस्थिती रहेको थियो ।



संबन्धित समाचारहरु

अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा  नेपाल कृषि सहकारी केन्द्रीय संघ  पुरस्कृत
अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
3 Day Information Technology training program concluded
3 Day Information Technology training program concluded

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस