तीन दिने सूचना प्रविधि सम्बन्धित तालिम सम्पन्न

 एग्रो खबर   ५ मंसिर, २०८१


२०८१ मङ्सिर ५ गते नेपाल कृषि सहकारी केन्द्रीय संघ तालिम तथा अनुसन्धान केन्द्र टरौली, चितवनमा तीन दिने सूचना प्रविधि सम्बन्धित तालिम सम्पन्न भएको छ । उक्त तालिम मङ्सिर ३ गते बाट सुरु भएको थियो । तालिममा साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक, सहायक प्रबन्धक तथा अन्य कर्मचारीहरू गरी २६ जनाको उपस्थिति रहेको थियो । तालिम मूलत अफिस प्याकेज, डिजिटल मार्केटिङ, प्रोफेसनल इमेल कम्युनिकेसन, ग्राफिक्स डिजाइनिङ , साइबर सुरक्षा, गुगल प्ल्याटफर्म आदि जस्ता विभिन्न विषयमा केन्द्रित रहेको थियो । उक्त तालिमको प्रमाण पत्र वितरण तथा समापन रत्ननगर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण चापागाईं ज्यूले गर्नुभएको थियो । तालिममा उपस्थित प्रतिनिधिको रुपमा बोल्दै, स्वरोजगार साना किसान कृषि सहकारी संस्था लिमिटेड को प्रबन्धक गोमा लामाले सूचना प्रविधि सम्बन्धित तालिम निकै महत्वपूर्ण रहेको जानकारी गराउँदैँ संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने कार्यक्रम समय समयमा आयोजना गर्न अनुरोध गर्दे नेपाल कृषि सहकारी केन्द्रीय संघ लि, तालिम तथा अनुसन्धान केन्द्र का सम्पूर्ण टिम लाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।



संबन्धित समाचारहरु

अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा  नेपाल कृषि सहकारी केन्द्रीय संघ  पुरस्कृत
अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
3 Day Information Technology training program concluded
3 Day Information Technology training program concluded

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस