नेपालले पारिवारीक खेती वर्ष कार्यक्रमलाई सफलताका साथ सम्पन्न गरी यस कार्यक्रमलाई निरन्तर १० वर्षसम्म अगाडि बढाउन प्रस्ताव गर्ने नेपाल सरकार, विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुलाई कार्यन्वयन समितिका अध्यक्ष खेम बहादुर पाठकले धन्यवाद ज्ञापन गर्दै यस वर्ष गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
बैठकमा यस वर्ष कार्यन्वयन समितिको सचिवालय नेपाल कृषि सहकारी केन्द्रीय संघ र अन्य सदस्य संस्थाहरुको सक्रियतामा १५ वटा स्थानीयतहमा गरिने पारिवारीक खेतीका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले प्रतिक्रिया दिनुभएको थियो ।
उहाँहरुले यस वर्ष वल्ड रुलर फोरम र विभिन्न निकायहरुसंगको समन्वयमा हुने कार्यक्रममा सक्रियताका साथ सहभागि भई सबैले आ आफ्नो तर्फबाट भूमिका खेल्ने विषयमा समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा पारिवारीक खेती वर्ष राष्ट्रिय कार्यन्वयन समितिको सचिवालय नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का निमित्त महाप्रवन्धक मिना पोखरेलले कार्यन्वयन समितिको तर्फबाट भएका काम र आगामी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा प्रोफेसर डा. केशव खड्काले नेपालको कृषि क्षेत्रलाई रुपान्तरण गर्न पारिवारीक खेती प्रभावकारी माध्यायम हुने बताउनुभयो । उहाँले आगामी दिनमा हुने पारिवारीक खेती वर्षका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट पूर्ण साथ सहयोग हुने समेत बताउनुभयो । यसैगरी कार्यक्रममा कृषि विज्ञ श्रीकृष्ण नेपालले गुड फूडका बारेमा कुरा राख्नुहुँदै पारिवारीक खेती यसका लागि अत्यन्तै प्रभावकारी हुने बताउनुभयो । नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सह सचिव सवनम सिवाकोटीले मन्त्रालयको तर्फबाट पारिवारीक खेती वर्षका कार्यक्रमलाई प्रभावकारी कर्यन्वयका लागि पूर्ण साथ सहयोग रहने बताउनुभयो । बैठकमा कार्यन्वयन समितिका अध्यक्ष खेम बहादुर पाठकले सबैले दिएको प्रतिक्रिया, सुझाव र प्रतिवद्धता अनुसार आगामी दिनमा अझै प्रभावकारी रुपमा पारिवारीक खेती वर्ष प्लस टेनका कार्यक्रमहरुलाई अगाडि बढाउने बताउनुभयो ।
भर्चुअल्ली भएको बैठकमा नेपाल सरकारका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधीहरु लगाएतको सहभागिता रहेको थियो ।
सन् २०१४ बाट सुरु भएको यूएन पारिवारीक खेती वर्ष कार्यक्रमलाई नेपालले सक्रियताका साथ सम्पन्न गर्दै सर्वोउत्कृष्ट समेत भएको थियो ।