नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्नसहकारीका समस्या साधान गर्न अध्यादेश ल्याएका हौँ : मन्त्री अधिकारी

 एग्रो खबर   २६ पौष, २०८१


नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न

सहकारीका समस्या साधान गर्न अध्यादेश ल्याएका हौँ : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको बताउनुभएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा बोल्दैनुहुँदै मन्त्री अधिकारीले सहकारी अभियानसंग समन्वय गरेर अध्यादेश ल्याएको र यसले वर्तमान समस्या समाधान गर्ने बताउनुभएको हो ।

उहाँले अध्यादेशले सबै समस्या समाधान गर्छ भन्ने होइन भन्दै अध्यादेशलाई आवश्यकता अनुसार सुधार गर्दै जाने बताउनुभयो ।

मन्त्री अधिकारीले अहिले अध्यादेशले केही कुरालाई साँघुरो बनाएजस्तो लागेपनि त्यो कुरा समयसंगै सत्य सावित हुने बताउनुभयो ।

एक फरक प्रशंगमा मन्त्री अधिकारीले उत्पादन क्षेत्रमा लागेका सहकारीलाई राज्यले हरेक कोणबाट प्रोत्साहन गर्दै आइरहेको समेत बताउनुभयो ।

उत्पादन, उत्पादकत्व र रोजगारी बढाउँदै अर्थतन्त्रमा योगदान गरिरहेका सहकारी संघसंस्थाहरु मार्फत सरकारले आफ्ना कार्यक्रमलाई संगसंगै अगाडि बढाउन तत्पर रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्री अधिकारीले प्रचार गरेजस्तो सबै सहकारी सहकारी बेठिक नभएको भन्दै सबैलाई एकै प्रकारले हेर्ने प्रवृतिले सहकारी क्षेत्रनै बेठिक भयो भन्नेहरुको विरुद्ध ऐक्यबद्धता जनाउन आवश्यक रहेको बताउनुभयो ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक एवम् विकास सल्लाहकार डा. युवराज खतिवडाले अहिले सहकारीमा भएको बचत जोगाउनुपर्ने बेला भएको बताउनुभएको छ । उहाँले यो संकटको समयमा सहकारीमा रकम थप्नेबारे बहस गर्न आवश्यक नरहेको बताउनुभयो ।

डा. खतिवडाले सहकारी संस्थाप्रतिको विश्वास बढाउनुपर्ने र स्वनियमन पहिला बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । अहिले नै सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो कि भन्ने अर्थमा नबुझ्न समेत सबैलाई अपिल गर्नु भयो ।

यसैगरी कार्यक्रममा पूर्व मन्त्री केशव बडालले सहकारीमा सुशासनको अवस्था राम्रो बनाउन सके समस्या नआउने बताउनुभयो । उहाँले सहकारीका सञ्चालक र कर्मचारीका कारण सहकारीमा समस्या आएको भन्दै नेतृत्वमा बस्नेहरु स्वनियमनमा प्रतिवद्ध हुँदा धेरै समस्या आफै समाधान हुने बताउनुभयो ।

पूर्व मन्त्री तथा नेकपा एमालेको सहकारी विभाग प्रमुख खगराज अधिकारीले सरकारले अगाडि बढाएको अध्यादेशमा सुधारका विषय रहेको र त्यसमा आफुहरुले सुझाव समेत दिइसकेकोले यसलाई करेक्सन गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले राज्यले बनाउने हरेक कानुनमा नागरिकले आफ्नो पनको महशुस गर्न सक्ने हुनुपर्ने भन्दै अध्यादेशमा भएका सहकारी र सहकारी क्षेत्रमा संलग्नहरुका लागि नकारात्मक प्रभाव पार्ने विषय तत्कास सुधार गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो ।

यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरुले अब सरकारको मुख ताकेर बस्न नहुने बताउनुभयो । उहाँले जो जहाँ छ त्यहीँबाट आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न सक्नेहो भने कुनै समस्या नआउने तर्क गर्नुभयो । अध्यक्ष पाठकले सहकारी मार्फत युवा रोजगारी, आयआर्जनका काम र सहकारीको आफ्नै उद्यम सञ्चालन गर्नेसम्मका कार्यमा साना किसानहरुले गरिरहेको योगदान सम्झनालायक रहेको बताउनुभयो । उहाँले सरकारले अगाडि बढाएको आर्थिक समृद्धिको नारालाई साना किसानहरुले उत्पादनसंग जोडेर योगदान गरिरहेको दावी गर्नुभयो ।

संघको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष, मिनराज कँडेल, कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरी बहादुर केसी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला लगायतले बोल्नुहुँदै सहकारी र सरकार संगसंगै अगाडि बढ्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

देशभरबाट ८ जना युवा किसान सम्मानित

कृषि उत्पादन र उत्पादकत्वमा योगदान गर्ने विभिन्न ८ वटा विधाका किसानहरुलाई सम्मान गरिएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ्नो १७ औँ वार्षिक साधारण सभामा देशभरबाट विभिन्न विषयगत विधामा उत्पादन र उत्पादकत्व बढाउन योगदान गर्ने ८ जना सदस्य किसानहरुलाई सम्मान गरेको हो ।

संघले कपिलवस्तुका युवा पशुपालक किसान काशीराम भट्टराई, कैलालीकी माछा पालक किसान सोना पती थारु, बर्दियाका नर्सरी व्यवसाय गरिरहनुु भएकी माया योगी, कृषि तथा पशुपालन व्यवसाय गरिरहनुभएकी नवलपुरकी माया देवि बस्याल, चितवनकी मिना कुमारी महतो, सुर्खेतका डिलाराम आचार्य र झापाका डम्बर बहादुर विश्वकर्मलाई पुरस्कृत गरेको हो ।



संबन्धित समाचारहरु

Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
3 Day Information Technology training program concluded
3 Day Information Technology training program concluded
तीन दिने सूचना प्रविधि सम्बन्धित तालिम सम्पन्न
तीन दिने सूचना प्रविधि सम्बन्धित तालिम सम्पन्न
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो  : सूर्य थापा
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा  पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश,  प्रकाश श्रेष्ठ
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश, प्रकाश श्रेष्ठ
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक  लाई विपद सामाग्री हस्तानत्रण
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री हस्तानत्रण
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस