नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल कृषि तथा पशुपालनको क्षेत्रमा सानाा किसानलाई चाहिने सहयोग तथा आफ्ना विज्ञ मार्फत परामर्श दिन तयार रहको : पवन गोल्यान

 एग्रो खबर   १२ बैशाख, २०८१


कृषि उत्पादनको बजारीकरण र उत्पादकत्व वृद्धि बारे नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.  तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल भएको छ । 
नेपालमा कृषिजन्य उत्पादनका लागि सम्भावना रहँदा रहँदै पनि विभिन्न कारणले नेपालको उत्पादनलाई बजारसंग जोड्न नसकेको विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको थियो । 
छलफलका क्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पाठकले साना किसान कृषि सहकारी र सदस्यहरुले गरेको कृषि जन्य उत्पादनका बारेमा जानकारी गराउनुभएको थियो ।उहाँले उत्पादनको उचित बजार व्यवस्थापन हुन नसक्दा धेरै कुरा आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसका लागि कर्पोरेट क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभएको थियो । किसानहरुलाई उत्पादन र उत्पादकत्व बढाउँदै बजारसंग जोड्न सके आयआर्जन बढाउन सकिने बताउनुभयो । 
छलफलमा अध्यक्ष पाठकले हाल साना किसान कृषि सहकारी संस्था लि। र संस्थाका सेयर सदस्यहरुले गरेका विभिन्न उद्यम तथा क्रियाकलापका विषयका जानकारी गराउदैं आउने दिनमा कप्रोरेट क्षेत्रसँग मिलेर जान सके समग्रमा कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि भई समग्र अर्थतन्त्रमा नै रुपान्तरण गर्न सकिने बताउनु भयो ।
साथै गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले आफुले वर्तमान अवस्थामा गरेका कृषि व्यवसायको जानकारी गराउनु भएको थियो । नेपालको  आर्थिक विकास  कृषि क्रान्तिबाटै सम्भव रहेको र उक्त क्रान्तिमा साना किसानहरु लाई लिएर अगाडी बढ्न गोल्यान ग्रुप सकारात्मक रहेको बताउनु भयो । 

विशेष गरि  कृषि क्षेत्रमा तथा पशुपालको क्षेत्रमा सानाा किसानलाई चाहिने सहयोग तथा आफ्ना विज्ञ मार्फत परामर्श दिन तयार रहको जानकारी गराउनु भयो । 


छलफलमा अध्यक्ष गोल्यानले साना किसानहरुको उत्पादनलाई थप बजारीकरण र ब्रान्डीङ गर्न आफ्नो तहबाट सहयोग गर्ने जानकारी गराउनु भएको थियो । 

 
बैठकमा गोल्यन ग्रुप र केन्द्रीय संघका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।



संबन्धित समाचारहरु

अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा  नेपाल कृषि सहकारी केन्द्रीय संघ  पुरस्कृत
अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
3 Day Information Technology training program concluded
3 Day Information Technology training program concluded

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस