नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकनसाना किसानको समृद्धि : कृषिको रुपान्त्रण र उद्यमशीलताको विकास

 एग्रो खबर   २९ चैत, २०८०


साना किसानको समृद्धि : कृषिको रुपान्त्रण र उद्यमशीलताको विकास 
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा र नेपाल कृषि सहकारी केन्द्रीय संघ  लि. को सहकार्यमा सहकारी कृषि उद्योग व्यवस्थापन तालिम  ( सदस्य संस्था साझेदारी मोडेल)  मिति २०८०/१२/२६ देखि २०८०/१२/२८ सम्म तालिम तथा अनुसन्धान केन्द्र ,टरौली चितवनमा कार्यक्रम सम्पन्न  भएको छ ।

उक्त कार्यक्रम, नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका श्रीमान सचिव  गोकर्णमणि दुवाडी ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो । साथै कार्यक्रमको अध्यक्षता साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष श्री खेमबहादुर पाठक ज्यूले गर्नुभयो ।
कार्यक्रममा श्रीमान सचिवज्यूले  भावी दिनहरूमा साना किसान कृषि सहकारी संस्थाहरुले गरेका कृषि सहकारी उद्योगहरुलाई थप आवश्यक रहेको र उद्योगमा देखिएका समस्याहरु उद्योग मन्त्रालयसँग समन्वय गरी सरकारद्वारा तर्जुमा गरिने नीति नियममा  कृषि सहकारी उद्योगहरुलाई  विशेष प्राथमिकता दिन आफ्नो तहवाट प्रयास गर्ने जानकारी गराउनु भयो  । 


कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव श्री विष्णु पौडेल ज्यूले सदस्य संस्था साझेदारी अवधारणा अनुसार कृषि सहकारी उद्योग सञ्चालनका सम्भावना, अभ्यास र व्यवस्थाका विषयमा प्रस्तुती दिनु भयो । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि का महाप्रवन्धक रुद्र भट्टराई ज्यूले सहकारी उद्योग सञ्चालन बारे मामला अध्ययन प्रस्तुती गर्नु भएको थियो । 
साथै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का नायव कार्यकारी प्रमुख झलेन्द्र भट्टराई, परामर्स दाता रोशन साक्य, मुख्य प्रवन्धक लिलाधर धिताल ज्यूले विभिन्न कार्यविधि, वित्तीय विश्लेषण बारेमा जानकारी गराउनुभएको थियो । ३ दिन सम्म चलेको तालिममा उद्योग संचालन गरिरहेका ३१ जना सहभागिको उपस्थिति रहेको थियो । 
सहकारी कृृषि उद्यम क्षेत्रको पहिचान, सम्भाव्यता अध्ययन, उत्पादक समुह गठन, आवश्यक प्रवन्धपत्र तर्जुमा र समिति गठन, कार्यविभाजन, वित्तीय स्वामित्व ढाँचा र स्रोत निक्र्याैल, व्यवसायिक योजना, सदस्य संस्था साझेदारी कार्यविधि जस्ता विभिन्न विषयमा केन्द्रीत भई  साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. तथा साना किसान कृषि सहकारी संस्था लि. का  आदरणीय व्यक्तित्व तथा पदाधिकारीहरुको प्रस्तुती रहको  थियो  ।


कार्यक्रम पश्चात श्रीमान सचिवज्यूको भ्रमण टोलीवाटसाना किसान कृषि सहकारी संस्था लि. कुमरोज, कठार र विरेन्द«नगर द्वारा सञ्चालित उद्योगहरु तेल, दाना , धान तथा विउ प्रशोधन उद्योगको अवलोकन तथा संस्था र उद्योगका पदाधिकारी विच  अन्तरक्रिया गरिएको थियो  ।

 



संबन्धित समाचारहरु

अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा  नेपाल कृषि सहकारी केन्द्रीय संघ  पुरस्कृत
अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
3 Day Information Technology training program concluded
3 Day Information Technology training program concluded

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस