सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा

 एग्रो खबर   १७ भदौ, २०८१


काठमाण्डौ । २०८१ भदौ १७
प्रतिनिधि सभा संघिय संसद वाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिका सभापति सूर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसंग छलफल गर्नुभएको छ । 
साना किसानको तर्फबाट प्रस्तुती सुनिसकेपछि प्रतिक्रिया दिनुहुँदै सभापति सुर्य थापाले आफुले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरुले गरेको योगदान र हासिल गरेको सफलताले आफुलाई उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । उहाँले सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुसी लागेको बताउनुभयो । 
छानिवसमितिमा बसेर सहकारी क्षेत्रका विभिन्न कुराहरुलाई हेर्नेक्रममा साना किसान कृषि सहकारीहरुले समाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनिय रहेको बताउनुभयो । 
यसैगरी उहाँले अहिले सहकारीमा देखिएको समस्याका विभिन्न कारणहरुमध्ये राष्ट्रबैँकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यन्वयन नहुनु एक रहेको औँल्याउनुभयो । 
सभापति थापाले देश भरको सहकारी दर्ता सुचना र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको समेत बताउनुभयो । सहकारीको सिद्धान्त, नीति, विधि, पद्धती र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताउनुहुँदै सहकारीको मर्म र भावना विपरित सञ्चालन भएका सहकारीमा समस्या देखिएको बताउनुभयो । 
यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारीले समाजिक रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गराउनुभएको थियो । उहाँले सबै सहकारीमा समस्या नरहेको बताउनुहुँदै राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने माग गर्नुभयो । 
देशभरका साना किसान कृषि सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै अध्यक्ष पाठकले संस्थालाई नीति, विधि र पद्धतीमा सञ्चालन गर्न सके कुनैपनि संस्थामा समस्या नआउने तर्क गर्नुभयो । 
आफुहरुले नेपाल कृषि सहकारी केन्द्रीय संघ र यसको सञ्जालमा रहेका संस्थाहरुमा अनुगमन तथा निरिक्षणलाई प्रभावकारी बनाउँदै समस्या आउनै नदिन अधिकतम पहल गरेको जानकारी गराउनुभएको थियो । 
अध्यक्ष पाठकले साना किसान कृषि सहकारीहरुले सञ्चालन गरेको १ खर्व १२ अर्व रुपैयाँ अहिलेपनि सुरक्षित रहेको बताउनुभयो । छलफलका क्रममा अध्यक्ष पाठकले सरकारले किसानलाई प्रविधि, सिप, भण्डारण, औजार, सिँचाई, बीउ, मल आदिमा सहयोग गर्नुपर्ने माग गर्नुभयो । यसैगरी उहाँले किसानले उत्पादन गरेको मासु, दुध तथा अन्य कृषिजन्य वस्तुको बजारिकरण गर्न सके उत्पादन केन्द्रीत काम गरिरहेका सहकारीहरुको समस्या समाधान हुने बताउनुभयो । 


जुन सहकारीको सञ्चालक र कर्मचारीहरुलाई सदस्य तथा वचतकर्ताले चिन्दैन तिनै संस्थामा समस्या रहेको भन्दै उहाँले साना किसानमा आफै सदस्य आफै सञ्चालक र आफै कर्मचारी रहेकाले कुनै समस्या नरहेको बताउनुभयो । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि प्रत्येक संस्थामा लेखा सूपरिवेक्षण समितिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो । 

छलफल कार्यक्रममा २५ सहकारी संस्थाहरुका २८ जना सञ्चालक तथा प्रवन्धक, केन्द्रीय संघका अध्यक्ष सहित पदाधिकारीहरु, नि.महाप्रवन्धक सहित कर्मचारहिरुको उपस्थिती रहेको थियो । 

 



संबन्धित समाचारहरु

व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा  पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश,  प्रकाश श्रेष्ठ
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश, प्रकाश श्रेष्ठ
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक  लाई विपद सामाग्री हस्तानत्रण
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री हस्तानत्रण
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण
बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण
देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक
देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस