२०८१ साउन ४ गते । नेपाल कृषि सहकारी केन्द्रीय संघले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । केन्द्रीय संघकी उपाध्यक्ष मिना ढकालको अध्यक्षतामा संचालन भएको गोष्ठीमा प्रमुख अतिथि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्धन महाशाखा प्रमुख सवनम शिवाकोटी ज्यू रहनु भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय किसान आयोग, राष्ट्रिय सहकारी विकास बोर्ड, सहकारी विभाग, कृषि विभाग, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय सहकारी महासंघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । साथै अन्तर्राष्ट्रिय निकायहरूमा FAO, IFAD,JICA,TGH,MDM र Aasman का प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संघका महाप्रबन्धक रुद्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै JICA Senoir Volunteer Inoue Masato जापानमा सञ्चालन भइरहेको तरकारी जन्य वस्तुको मूल्य श्रृङ्खला र किसानको बजार सम्बन्धी प्रस्तुति दिनुभएको थियो । कार्यपत्र पश्चात समूह विभाजन गरी तरकारी जन्यवस्तुको मूल्य श्रृङ्खला विषयक विभिन्न आयाम, नीतिगत अवस्था, समस्या, चुनौती र समाधानका विषयमा छलफल गरी प्रत्येक समूहबाट प्रस्तुती रहेको थियो ।