उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।

 एग्रो खबर   १९ असार, २०८१


मिति २०८१ असार १७ गते सहकारी विकास बोर्ड द्वारा आयोजित कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक रुद्र भट्टराईले सहकारी उद्यममा संलग्न सहकारी संस्थाहरूका चुनौती समस्या तथा समाधानका उपायहरू र सरकारद्वारा कार्यान्वयन गर्नुपर्ने नीतिगत सुधारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ । बोर्डका सह—अध्यक्षको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी ज्यूले सहकारीद्वारा सञ्चालित उद्योगका समस्याप्रति सरकार पनि गम्भीर रहेको बताउनुहुँदै आवश्यक नीतिगत सुधारका लागि कार्यान्वयन योग्य सुझाव दिनुहुन अनुरोध गर्नुभएको छ । यस कार्यक्रमका विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्री गोकर्णमणि दुवाडीले सहकारी उद्योग सञ्चालन गर्दा आएका समस्याहरु प्रति आफू पनि जानकार रहेको बताउँदै यस कार्यक्रमबाट केही सुझावको अपेक्षा गरेको र उक्त सुझाव अनुरूप रहेका हालका ऐन तथा विधेयकमा आवश्यक संशोधन हुनेमा मन्त्रालय लागि रहेको जानकारी दिनुभयोे । साथै कार्यक्रममा सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल ज्यूले विभिन्न देशले अपनाएका सहकारी उद्यमका मोडल नेपालमा पनि लागू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

 

दोस्रो कार्यपत्र केन्द्रीय नेपाल जडीबुटी सहकारी संघ लिमिटेड बाट ईश्वरीप्रसाद पाण्डेले ले प्रस्तुत गर्नुभएको थियो । त्यसपश्चात नीतिगत तथा कानुनी , संस्थागत तथा संरचनागत, व्यवस्थापकीय र प्रणालीगत समस्याका बारेमा समुहगत छलफल र छलफल मार्फत आएका समाधानका उपायहरू सरकारलाई सुझाव दिने कार्यक्रम रहेको सहकारी विकास बोर्डका सदस्य सचिवले जानकारी गराउनुभएको छ ।

 

 

 



संबन्धित समाचारहरु

सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो  : सूर्य थापा
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा  पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश,  प्रकाश श्रेष्ठ
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश, प्रकाश श्रेष्ठ
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक  लाई विपद सामाग्री हस्तानत्रण
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री हस्तानत्रण
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण
बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण
देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक
देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस