बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण सदस्यलाई लाभ हुने तथा आईपर्ने भवीतव्य दुर्घटनाबाट कर्जा जोखिम पनि न्युनिकरणका साथै आन्तरिक श्रोत पनि बृद्धि हुने

 एग्रो खबर   ४ असार, २०८१


मिति २०८१ असार २ गते साना किसान कृषि साना किसान कृषि सहकारी संस्था सलाङ ले म्यादी जीवन ऋण वीमा अन्तरक्रिया तथा  बीमा क्षति भुक्तानी  कार्यक्रम को आयोजना गरेको छ । 
म्यादी जीवन बीमा कार्यक्रममा आवद्ध हुनुभएको  साना किसान कृषि सहकारी संस्था लि.सलाङको समुह नं.२३४, वर्ष ः ४४ को महिला सेयर सदस्य हिरा माया थापा मगर को असामयिक निधन भएको हुँदा वीमीत परिवार सदस्य , श्रीमान् थक बहादुर थापा मगर लाई बीमा दावी भुक्तानी रकम रु ५ लाख हस्तानत्रण भएको छ । 

उक्त कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारी संस्था सलाङका अध्यक्ष तथा बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष दिल्ली प्रसाद पाठक ज्यू ले गर्नु भएको थियो । साथै प्रमुख अतिथिमा जिल्ला कृषि संघ धादिङका अध्यक्ष रंग प्रसाद थपलिया,  विशेष अतिथिमा साना किसान विकास लघुवित्त वित्तीय संस्था गजुरीका शाखा प्रबन्धक दीपक राज पाण्डे, जिल्ला कृषि सहकारी संघ धादिङका पदाधिकारी, सानीमा रिलायन्स कम्पनीका कर्पोरेट हेड अनुज थापा, नेपाल कृषि सहकारी केन्द्रीय संघका तथा जिल्ला कृषि संघ धादिङका पदाधिकारीको  उपस्थितीमा सम्पन्न भएको छ ।  

कार्यक्रममा धादिङ जिल्लामा सञ्चालनमा रहेको साना किसान कृषि सहकारी संस्थाहरु मध्ये करिब २५ संस्थाका अध्यक्ष, प्रबन्धक तथा सदस्य गरी १०५ जनाको उपस्थिति रहेको थियो । 
कार्यक्रममा सानीमा रिलायन्स लाईफ ईन्स्योरेन्स का कर्पोरेट हेड अनुज थापाले वीमा को विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गर्नुभएको थियो । 
साना किसान विकास लघुवित्त वित्तीय संस्था गजुरीका शाखा प्रबन्धक दीपक राज पाण्डे ज्यू ले वीमा कार्यक्रमलाई अभियानको रुपमा लिई यथाशिघ्र धेरै भन्दा धेरै सदस्यहरुलाई म्यादी ऋण बीमामा आवद्ध गराएमा सदस्यलाई लाभ हुने तथा आईपर्ने भवीतव्य दुर्घटनाबाट कर्जा जोखिम पनि न्युनिकरणका साथै  आन्तरिक श्रोत पनि बृद्धि हुने जानकारी गराउनु भएको थियो । 

अध्यक्ष दिल्ली प्रसाद पाठक ज्यूले यस बीमा कार्यक्रम लाई सम्पूर्ण संस्थाहरु आवद्ध हुन अनुरोध गर्दै सदस्यको हितमा हुने कार्यक्रममा सम्पूर्ण साना किसान कृषि सहकारी संस्था एक भएर अघि बढ्नुपर्ने जानकारी गराउनु भएको थियो ।

हाल सम्ममा गजुरी ईलाका अन्तर्गका २८ साना किसान कृषि सहकारी संस्थाबाट १६७९ जना सदस्य बीमा कार्यक्रममा आवद्ध हुनु भएको छ ।  
कार्यक्रम संचालन साना किसान कृषि सहकारी संस्था सलाङका प्रबन्धक गोपाल सिलवालले गर्नु भएको थियो ।

 



संबन्धित समाचारहरु

सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो  : सूर्य थापा
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा  पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश,  प्रकाश श्रेष्ठ
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश, प्रकाश श्रेष्ठ
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक  लाई विपद सामाग्री हस्तानत्रण
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री हस्तानत्रण
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक
देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस