देशभर सहकारी जागरण अभियान आवश्यक छ : अध्यक्ष खेम बहादुर पाठक

 एग्रो खबर   ६ जेठ, २०८१


सिरहा जिल्लाका नेपाल कृषि सहकारी केन्द्रीय संघको सञ्जालमा आवद्ध सहकारी संस्थाहरुका अध्यक्ष, उपाध्यक्ष, सञ्चालक समितिका सदस्य, लेखासमिति संयोजक, लेखासमिति सदस्य, संस्था प्रबन्धक, सहायक प्रबन्धक एवं कर्मचारीहरूको सहभागितामा भएको एक दिने वृहत कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले आफ्नो सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्वको रहने भन्दै प्रारम्भिक संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरुको जागरणका आवश्यक रहेको बताउनुभएको हो ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएका पाठकले सहकारी क्षेत्र सुधार गर्नेहो भने प्रत्येक संस्थाबाट सुधारको सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले आफ्नो सञ्जालमा रहेका सदस्य संस्थाहरुमा सहकारी सुधार अभियान सञ्चालन गरिरहेको बताउनुहुँदै अन्य केन्द्रीय निकायहरुले पनि आ आफ्नो सञ्जालमा रहेका संस्था नेतृत्वहरुलाई सहकारीबारे प्रशिक्षित गर्दै देशभर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ्नो सञ्जालमा रहेका सदस्य संस्थाहरुलाई सञ्चालन गरेको सहकारी सुधार अभियानको सकारात्मक प्रभाव अहिले देखिएको भन्दै उहाँले आ आफ्नो स्थानबाट यस अभियानमा लाग्न सबैलाई अनुरोध गर्नुभयो ।

सिरहाको लहानमा भएको कार्यक्रममा २ सय ५० जना भन्दा बढि सञ्चालक, कर्मचारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।



संबन्धित समाचारहरु

सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो  : सूर्य थापा
सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो : सूर्य थापा
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा  पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश,  प्रकाश श्रेष्ठ
व्यवसायिक फापर खेतीलाई प्राथमिकता दिने : कृषि तथा पशुपन्छी विकास मन्त्री , बागमती प्रदेश, प्रकाश श्रेष्ठ
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
वेर्ना उत्पादन तथा विक्रि वितरण गर्दै तालिम केन्द्र चितवन
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक  लाई विपद सामाग्री हस्तानत्रण
पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोक लाई विपद सामाग्री हस्तानत्रण
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
तरकारी जन्य वस्तुको मूल्य श्रृंखला नीतिगत अन्तरदृष्टि, चुनौती र समाधान बारे गोष्ठी सम्पन्न
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
उत्पादनमूलक सहकारीहरूले व्यहोर्नु परेका समस्या र समाधानका उपायहरू विषयक १ दिने गोष्ठीमा संघका महाप्रबन्धक द्वारा कार्यपत्र प्रस्तुत ।
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
विश्व किसान संगठन (WFO) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण
बीमीत परिवार सदस्यलाई ५ लाख बिमा रकम हस्तानत्रण
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस