भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका श्रीमान सचिव गोकर्णमणी दुवाडी र सहकारी विभागका श्रीमान रष्ट्रिार पिताम्बर घिमिरे, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष श्री खेम बहादुर पाठक र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रवन्धक रुद्र भट्टराई लगायतको प्रतिनिधिहरुको टोलिले झापाको पृथ्वी नगरमा रहेको सहकारी चिया प्रशोधन कारखानाको अवलोकन भ्रमण गरेको छ ।
उक्त अवसरमा संस्थाका मुख्य प्रवन्धक देवी कोइरालाले संस्था र संस्थाले सञ्चालन गरेको चिया प्रशोधन केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी संस्था र उद्योग सञ्चालनका क्रममा भोगेका समस्याका बारेमा समेत जानकारी गराउनुभएको थियो ।
यसैगरी सचिव नेतृत्वको टोलिले झापाको महारानी झोडामा रहेको एकीकृत सहकारी खेतीको बारेमा सञ्चालक तथा सदस्यहरुसंग छलफल गरेको छ । उक्त अवसरमा साना किसान कृषि सहकारी संस्था लि. महारानी झोडाका अध्यक्ष तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मीना ढकालको पनि सहभागिता रहेको थियो ।
छलफलका क्रममा चक्लाबन्दी खेतीको बारेमा गापाल बझगाईले जानकारी गराउनुभएको थियो ।
छलफलमा सहभागि किसानहरुले आफ्नो व्यवसाय र सफलतासंगै समस्याका विषयमा पनि कुराहरु राख्नुभएको थियो ।
यसैगरी महारानीझोडा साना किसान कृषि सहकारी संस्था लि. ले सञ्चालन गरेका विभिन्न परियोजनाको बारेमा संस्थाका प्रबन्धक चिरन्जिवी भण्डारीले जानकारी गराउनुभएको थियो ।
उहाँले संस्थाका सदस्यहरुले गरेका विभिन्न व्यवसायका बारेमा समेत जानकारी गराउनुभएको थियो ।
संस्थाले सञ्चालन गरेको बीउ प्रशोधन उद्योगको बारेमा मनोज भट्टराईले प्रस्तुती गर्नुभएको थियो ।
यसैगरी सदस्य किसानहरु सिता देवी भण्डारी, कृष्ण बहादुर कार्की लगायतले आफ्नो व्यवसाय र भोगेका समस्याका बारेमा सचिव लगायतको टोलिलाई जानकारी गराउनुभएको थियो ।