साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न वि.सं.२०३२ सालमा साना किसान विकास आयोजनाको रुपमा स्थापित सानाकिसान पछि विभिन्न कारण बन्द भएको थियो ।

 NACCFL   ९ बैशाख, २०८१


नेपालमा सानाकिसान कार्यक्रमका रुपमा सञ्चालन हुँदा स्थापना भएको नुवाकोटको तुप्चेमा साना किसान सहकारी स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

वि.सं.२०३२ सालमा साना किसान विकास आयोजनाको रुपमा स्थापित सानाकिसान पछि विभिन्न कारण बन्द भएको थियो । साना किसान विकास आयोजनाको रुपमा सुरु भएको ऎतिहासिक ठाउँलाई जोगाउने मुख्य उदेश्य सहित २०७८ माघ २७ गते द्विपक्षीय सम्झौता गरि नेपाल कृषि सहकारी केन्द्रिय संघ लि.ले अनुशरण सुरुवात गरेको थियो ।

तुप्चे सानाकिसान कृषि सहकारी संस्था लि बिदुर ७ नुवाकोट मिति २०८० जेठ १६ गते बिदुर नगर कार्यपालिकाको कार्यलय बिदुर नुवाकोटमा बिधिबत रुपमा दर्ता भएको थियो । संस्थाको व्यवस्थापन हस्तान्तरण कार्यक्रमको सम्पूर्ण चरण पूरा गरि  २०८१ बैशाख ८ गते औपचारिक रुपमा व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

तुप्चे साना किसान कृषि सहकारी संस्था लि. को व्यवस्थापन हस्तान्तरण समारोह तथा प्रथम वार्षिक साधारणसभा कार्यक्रममा संस्थाको अध्यक्ष ज्ञानुमाया थापा ढकालको अध्यक्षता, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि.र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीको विशेष उपस्थिती रहेको थियो । उक्त समारोहमा वि.सं.२०३२ सालमा साना किसान विकास आयोजना कालमा अध्यक्ष रहनुभएका हाल ९२ बर्ष हुनुभएका तीर्थराज अधिकारीको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि खेम बहादुर पाठकले साना किसानहरुको विश्वास र भरोसा साना किसान बन्न सफल रहेको प्रति खुसी व्यक्र गर्नुभयो । उहाँले देशभर रहेका साना किसानहरुले आफ्नो उद्धेश्य केन्द्रीत काम गर्नुपर्नेमा जोड दिँदै आर्थिक सामाजिक रुपान्तरणमा साना किसानहरुको योगदानलाई तीनै तहका सरकारले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारसंग मिलेर राज्यको अभियानलाई सफल बनाउने कुरामा साना किसान कृषि सहकारीहरु र सहकारी अभियान सदैब संगसंगै रहने बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै विदुर नगरपालिकाकी उप-प्रमुख प्रभा बोगटीले सहकारी मार्फत समाजका हरेक क्षेत्रको रुपातरण सम्भव रहने भन्दै यसका लागि आफुहरु सदैव सकारात्मक रहेको बताउनुभयो ।



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
साना किसानको खाद्यन्न उद्योग
साना किसानको खाद्यन्न उद्योग
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
कृषि क्षेत्रको  विकासका लागि  अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
कृषि क्षेत्रको विकासका लागि अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस