कृषिमा सूचना प्रविधिको प्रयोग सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम सुरुकृषि जन्य उत्पदनमा संलग्न सहकारीका सञ्चालक, उद्यम गरिरहेका ५० जनाभन्दा बढि किसानहरुको सहभागिता रहेको छ ।

 नेपाल कृषि सहकारी केन्द्रयि संघ   २३ सावन, २०८०


नेपाल कृषि सहकारी केन्द्रयि संघ र राष्ट्रिय किसान सञ्जालको आयोजनामा कृषि तथा जलवायू परिवर्तनबाट उत्पन्न विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग सम्वन्धि २ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 
ललितपुरको धोविघाटमा सुरु भएको कार्यक्रममा कृषि जन्य उत्पदनमा संलग्न सहकारीका सञ्चालक, उद्यम गरिरहेका ५० जनाभन्दा बढि किसानहरुको सहभागिता रहेको छ । 
आइफार्ड र ईयूको सहयोग, एसियन फामर्स एशोसियसनको कार्यन्वयनमा एपिएफपी तथा एफओ फोर ए अन्र्तगत आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग, यसको महत्व र आवश्यकताका बारेमा विभिन्न कार्यपत्रहरुमाथी छलफल चलिरहेको छ ।
कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय भूमी आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले कृषि क्षेत्रलाई परम्परागत अभ्यासबाट माथी उठाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले विश्विमा विकास भएको सूचना प्रविधिको प्रयोगलाई नेपाल र नेपाली किसानहरुले पनि प्रयोग गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो ।

 

किसानहरुले उत्पादन देखी बजारीकरणसम्मको सञ्जाल विस्तार गर्दै आयआर्जन बढाउन सूचना प्रविधिले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

किसान र कृषि क्षेत्रको रुपान्तरणका लागि नेपाल सरकारले पनि सहुलियतमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने खड्काले बताउनुभयो । यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले नेपालका किसान र उद्योग उत्पादनमा केन्द्रीत भएपनि सूचना प्रविधिको प्रयोगमा अब्बल हुन नसक्दा समस्या परेको बताउनुभयो । अध्यक्ष पाठकले किसानहरु उत्पादक मात्र बन्न सकेको अहिलेको अवस्थाबाट माथी उठाउन सूचना प्रविधिसंग जोड्न आफुहरु लागिपरेको बताउनुभयो । सूचना प्रविधिसंग किसान र कृषिलाई जोड्न सकेमात्र कृषि क्षेत्रबाट लाभ लिन सकिने बताउनुभयो । विभिन्न क्षेत्रबाट कृषि क्षेत्रमा परेको प्रभावका बारेमा कृषि प्राविधिकहरुले जानकारी दिने संयन्त्र भएपनि प्रभावकारी रुपमा संयन्त्रले काम गर्न नसक्दा समस्या भईरहेको बताउनुभयो । 
कार्यक्रममा उपस्थीत सहभागीहरुलाई स्वागत गर्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का नायव महाप्रवन्धक मिना पोख्रेललले नेपालमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभाव न्यूनिकरणका लागि पहल थाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावबारे राज्यले अनुसन्धान गरी किसानहरुलाई जतिसक्दो छिटो यसको प्रभावबाट बच्ने उपायका बारेमा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

 



संबन्धित समाचारहरु

अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा  नेपाल कृषि सहकारी केन्द्रीय संघ  पुरस्कृत
अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Consultation Meeting with Madhesh Provincial Government on Family Farming
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
Successfully Conducted Training on NFRS, goAML, TDS, and e-TDS for Cooperative Members
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
Training on Good Manufacturing Practices (GMP) and Hazard Analysis Critical Control Point (HACCP) Kicks Off in Chitwan
3 Day Information Technology training program concluded
3 Day Information Technology training program concluded

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस