जग्गाको चक्लाबन्दी गरेर स्याउ र ओखर खेती

 एग्रो खबर   १५ चैत, २०७९


सिमकोट – नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका युवाले जग्गाको चक्लाबन्दी गरेर व्यावसायिक स्याउ र ओखर खेती सुरु गरेका छन्।

टुक्रा–टुक्रा जग्गामा बिरुवा लगाउनुुभन्दा बढी जग्गाको चक्लाबन्दी गरेर धेरै क्षेत्रफलमा एकसाथ व्यावसायिक खेतीमा युवा लागेका हुन्।

हेक्पा गाउँका युवा पासाङ लामासहित तीन जना युवा मिलेर साढे दुुई सय रोपनी जग्गामा स्याउ र ओखेर खेती सुुरु गरिएको छ।

गत वर्षबाट सो खेती सुुरु गरिएको हो। ओखर र स्याउका छुट्टाछुट्टै प्लट बनाएर बिरुवा लगाइएको छ। बिरुवा लगाएको जग्गामा साढे ६ सय ओखरका बिरुवा र दुुई हजार पाँच सय स्याउका बिरुवा हुर्कने क्रममा छन्। फर्ममा लगाएका बिरुवासमेत स्थानीय स्तरमा फर्ममै उत्पादन गरिएका हुन्।

अझै पाँच सयभन्दा बढी बिरुवा तयारी अवस्थामा रहेको र अर्को वर्ष लगाउने उनले बताए।

लगाएका बिरुवा ९५ प्रतिशतभन्दा बढी राम्रोसँग लागेका छन्। ओखर स्याउ लगाएको जग्गामा घेराबार, सिँचाइ, चौकीदार र चौकीदार बस्ने भवनको समेत व्यवस्था गरिएका कारण बाँझो जमिनमा बिरुवा लगाउन सफल भएको छ।

व्यावसायिक रुपमा खेती गर्नकै लागि यो प्रयास गरिएको हो। कृषि विकास कार्यालयका प्रमुख बखत खड्काले चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रमअन्तर्गत प्रमोद पशुुपालन, कृषि तथा जडीबुटी फर्मलाई कार्यालयले सहयोग गरेको हो।

जिल्लाकै उत्कृष्ट रूपमा स्याउ र ओखर फर्म बनेको भन्दै उनले ठूलो संख्यामा बिरुवा लगाउने फर्म बनेको बताए।

उनले अबको तीन वर्षमा स्याउ तथा ओखरका बिरुवाले फल दिन सुुरु गर्ने जानकारी दिए। यसका लागि कार्यालयले २५ लाख बजेट खर्च गरेको र यस वर्ष पनि केही बजेट खर्च गरिने उनले बताए।

उक्त फर्मका लागि ५४ लाख बजेट खर्च भएको र बाँकी लामाकै समूहले व्यक्तिगत लगानी गरेका छन्।

उक्त फर्म नजिक सडकसमेत निर्माण भइसकेको र कर्णाली करिडोरको सिमकोट हिल्सा खण्डको पनि नजिक पर्छ।



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस