नविनतम कृषि व्यवसायका लागि उपयुक्त व्यवसायिक वातावरण बारे १ दिने प्रशिक्षण गोष्ठि सम्पन्न कृषि जन्य उत्पदनमा संलग्न सहकारीका सञ्चालक, उद्यम गरिरहेका ५० जनाभन्दा बढि किसानहरुको सहभागिता रहेको थियो ।

 एग्रो खबर   २४ सावन, २०८०


नेपाल कृषि सहकारी केन्द्रयि संघ र राष्ट्रिय किसान सञ्जालको आयोजनामा नविनतम कृषि व्यवसायका लागि उपयुक्त व्यवसायिक वातावरण बारे १ दिने प्रशिक्षण गोष्ठि सम्पन्न भएको छ ।  
ललितपुरको धोविघाटमा भएको कार्यक्रममा कृषि जन्य उत्पदनमा संलग्न सहकारीका सञ्चालक, उद्यम गरिरहेका ५० जनाभन्दा बढि किसानहरुको सहभागिता रहेको थियो । 

आइफार्ड र ईयूको सहयोग, एसियन फामर्स एशोसियसनको कार्यन्वयनमा एपिएफपी तथा एफओ फोर ए अन्र्तगत आयोजना गरिएको कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व अर्थ मन्त्री पूर्व गभर्नर, पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा, पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सवनम सिवाकोटी, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. विष्णु प्रसाद भट्टराई, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला लगायतको उपस्थिती रहेको थियो ।

उहाँहरुले नेपालमा कृषि सहकारीले आर्थिक सामाजिक रुपान्तरण र सचेतनाको रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुतकर्ता एवम् वक्ताहरुले कृषि तथा सहकारी क्षेत्रका ऐन कानुन, अभ्यास, अनभव, सम्भावना, समस्या र चुनौतीका विविध पक्षमा आ–आफनो प्रस्तुती तथा विचार व्यक्त गर्नुभएको थियो । 

यसैगरी कार्यक्रममा एफ ए ओका अरुण जिसीले नेपालको उत्पादन प्रणाली, यसको बजारीकरण र यसका लागि नेतृत्वदेखी सञ्चालकहरुलेसम्म भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । यसैगरी कार्यक्रममा पृथ्विनगर साना किसान कृषि सहकारी संस्था लि झापाका प्रवन्धक देवी प्रसाद कोइरालाले सहकारी उद्यगहरुले भोगिरहेको समस्याका बारेमा प्रस्ुतती गर्नुभएको थियो ।

छलफलका क्रममा विभिन्न क्षेत्रबाट आउनुभएका सहभागीहरुले विभिन्न प्रश्न, जिज्ञासा र सुझावहरु राख्नुभएको थियो । 
कार्यक्रममा उपस्थीत सहभागीहरुलाई स्वागत गर्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. महाप्रवन्धक रुद्र भट्टराईले कृषि क्षेत्रको रुपान्तरणका लागि विभिन्न संघ संस्थाबाट भएको सहयोग लाभदायक भएको बताउनुभयो । उहाँले आगामी दिनमा कृषि उद्यमलाई अझै प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकायहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । 

 



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
साना किसानको खाद्यन्न उद्योग
साना किसानको खाद्यन्न उद्योग
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
कृषि क्षेत्रको  विकासका लागि  अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
कृषि क्षेत्रको विकासका लागि अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस