इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे

 NACCFL   ४ फागुन, २०८०


भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले चिया किसानहरुले अहिले भोग्दै आएका समस्याको समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । इलाममा रहेका साना किसान कृषि सहकारी संस्थाका सदस्यहरुसंगको अन्तरक्रिया कार्यक्रममा सचिव दुवाडीले सहकारी र सहकारीमा आवद्ध साना किसानहरुले भोगिरहेको समस्याका बारेमा आफुलाई जानकारी भएको र उक्त समस्या समाधानका लागि आफुले अधिकतम पहल गर्ने बताउनुभएको हो । 

उहाँले नेपालको चिया लगायतका कृषि तथा पशुजन्य उत्पादन नेपाली र विश्व बजारमा अत्याधिक माग हुने गरेपनि यसको बजारीकरणका लागि केही समस्या रहेको स्मरण गर्दै यो समस्या समाधानका लागि आफुले सहजिकरण गर्ने स्पष्ट पार्नुभएको हो । 

यसैगरी सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले ग्रामीण क्षेत्रको आर्थिक सामाजिक रुपान्तरणमा भूमिका खेलीरहेका सहकारी संस्था र सदस्यहरुको जीवनस्तर माथी उठाउन विभागबाट हुने सहयोगमा कुनै कमी नहुने बताउनुभएको छ । 
सहकारी संस्थाहरुको अवलोकन भ्रमण र सदस्य किसानहरुसंगको अन्तरक्रियाले सहकारी र सदस्यहरुको अहिलेको आवश्यकता के हो भन्ने कुरा प्रष्ट भएको भन्दै उहाँले सोही अनुसार विभागले आफ्नो गति अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले सहकारी संस्था र सदस्यहरुको उत्पादनलाई बजारसम्म लैजान समस्या भईरहेको भन्ने विषय पहिलेपनि उठेपनि उचित सम्बोधन हुन नसकेको प्रति दुख प्रकट गर्दै यो समस्या छिट्टै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
अवलोकन भ्रमण तथा छलफल कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठकले सचिव र रजिष्ट्रार आफै उपस्थित भएर किसानहरुको काम, सफलता, सम्भावना र समस्याका बारेमा बुुझेपछि नीतिगत सुधारका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रका साना किसानहरुको जीवनस्तर उकास्ने कार्यमा ध्यान दिन नसके आर्थिक समृद्धि र गरिबी निवारण सम्भव नहुने जिकिर गर्नुभयो । 
यसैगरी अवलोकन तथा छलफलका क्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का महाप्रवन्धक रुद्र भट्टराईले सरकारले विशेष सम्भावनाका क्षेत्रहरु पहिचान गरेर ब्लक, विशेष क्षेत्र तोकेपनि किसानले उत्पादन गरेको सामग्रीको बजारीकरणका लागि समस्या रहेको बताउनुभयो । उहाँले किसानहरुले उत्पादन गरेको सामग्री सहज रुपमा बजारसम्म पु¥याउन सके किसानको जीवनस्तर माथी उठान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । किसानहरुलाई उत्पादन बढाउँ मात्र भनेर नभई अब सम्भावित बजारको पहिचान गरी विक्रि वितरणका लागि राज्यले सहजिकरण गरिदिनुपर्ने विचार राख्नुभयो । 
उक्त छलफलका क्रममा समालवुुङ साना किसान कृषि सहकारी संस्थाकी प्रवन्धक शान्ता खड्काले सहजिकरण गर्दै किसानहरुले इलाममा चिया उत्पादन गरिरहेका किसानहरुले तेसो मुलुकमा चियापत्ती तथा ग्रीन टी को निर्यात, बजारीकरणको समस्या लगायतका विषयमा जानकारी गराउनुभएको थियो । 
सचिव, रजिष्ट्रार, केन्द्रीय संघका अध्यक्ष र महाप्रवन्ध सहितको टोलिले पाथिभरा चिया प्रशोधन उद्योग, समालवुुङ चिया उद्योग, सिवानी गार्य फारम र डेरी उद्योग, सिद्धि भ्याली टि स्टेट प्रा.ली., श्रीअन्तु चिया उद्योग, साना किसान श्रीअन्तुका सदस्य किसानहरुले सञ्चालन गरेका विभिन्न कृषि तथा पशुपालनका व्यवसायहरुको अवलोकन भ्रमण गर्नुभएको थियो ।



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
साना किसानको खाद्यन्न उद्योग
साना किसानको खाद्यन्न उद्योग
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
कृषि क्षेत्रको  विकासका लागि  अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
कृषि क्षेत्रको विकासका लागि अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस