संस्था परिचय

स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै महारानीझोडा साना किसान कृषि सहकारी

साना किसानहरूको आर्थिक अवस्थामा सुधार, सामाजिक दायित्व तथा संस्कृतिको संरक्षणका लागि संचालित अभियानका दौरानमा २०५९ सालमा दर्ता भएको महारानीझोडा साना किसान कृषि सहकारी संस्था लि. ले आफ्नो स्थापना कालको छोटै समयमा आफ्ना सेयर सदस्यहरू लाई वित्तिय सेवा दिनुका साथै उनिहरूलाई स्थानीय स्तरमानै रोजगारी सृजना गर्नका लागि कृषिमा व्यावशायिक वनाउनु पर्छ भन्ने मुख्य उद्देश्यले खाद्यान्न, तेलहन तथा घाँसको वीउको उत्पादन देखि बजार सम्मको काम संस्थाले विगत ३ वर्ष देखि गर्दै आएकोछ ।

सेयर सदस्यहरू लाई वित्तिय सेवा दिनुका साथै उनिहरूलाई स्थानीय स्तरमानै रोजगारी सृजना गर्नका लागि कृषिमा व्यावशायिक वनाउनु पर्छ भन्ने मुख्य उद्देश्यले खाद्यान्न, तेलहन तथा घाँसको वीउको उत्पादन देखि बजार सम्मको काम संस्थाले विगत ३ वर्ष देखि गर्दै आएकोछ ।


कृषि प्रधान देश भनेर चिनिएको हाम्रोदेशमा जमीनको खण्डिकरण, उन्नत बीउको अभाव, पानीका लागि सिंचाईको प्रवन्ध नहुनु, यूवा तथा शैक्षिक जनशक्ती वैदेशिक रोजगार तर्फ पलायन हुनु, यान्त्रिकरण हुन नसक्नु, माटोको उर्वराशक्ति घट्दैजानु, सहुलियत कृषि कर्जा तथा उत्पादित कृषि उपजको संरक्षणका लागी स्टोरेजको प्रवन्ध नहुनु, कृषकहरूको पहुँचमा बजार नहुनु, घरपालुवा पशुहरूको संख्या घट्दै जानु तथा तिनिहरूको मल मुत्रको उचित संरक्षण गरी कम्पोष्टमलको व्यवस्थापन नगर्नु, उत्पादन लागतमा बृद्धि जस्ता अनेकन समस्याका कारणहरूले विगतका केहि वर्षहरू देखि क्रमस परनिर्भरता तर्पm गईरहेको छ ।


संस्थाको कार्यक्षेत्रको भौगोलीक धरातलको अवस्थालाई मध्यनजर गरी सम्भावीत उच्च मुल्यको वाली मध्ये बीउको कारोवार लाई छनौट गरीएको हो ।
जसका आधारमा : धान, गहुँ,. जैघाँस, तोरी निम्न वालीहरूको वीउ उत्पादन गर्ने गरिएको छ ।
धानका जातहरूमा : स्वर्ण सव १, ललका बास्मती, रामधान, सुख्खा ३, हर्दिनाथ १, हर्दिनाथ ३, राधा १२, गरिमा, चेहरान, मन्सुली, कान्छि मन्सुली, सोना मन्सुली तथा सेतो मन्सुली लगायतका छन् ।धानको वीउ उत्पादनका बार्षिक ३६५ टनको कारोवार गर्ने गरिएको छ ।
तोरीका जातहरूमा : उन्नती र प्रगती ।वार्षिक २ टन परिमाण को कारोवार ।
गहुँका जातहरूमा : वीजय, आदित्य, गौतम्, एन. एल. २९७, एन. एल. २९१ छन् ।वर्षिक ३० टनको कारोवार ।
जैघाँ : कालो तथा सेतो । वार्षिक १५ टन को कारोवार ।
वीउ उत्पादनको स्रोत तथा सहभागीता संस्थाले प्रवर्धन गरेका २ वटा सहकारी खेती तथा १२५ जना सेयर सदस्यहरू छन् ।
मुल वीउको स्रोत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र ( नार्क ) तरहरा, चन्द्रडांगी वीउ विजन तथा दुग्ध विकास समिति झापा, क्षेत्रीय जुट अनुसन्धान केन्द्र इटहरी, क्षेत्रीय कृषि तालिम केन्द्र झुम्का ।
प्रारम्भ मकैको वीउ स्रोतका लागी रामपुर कम्पोजीट तथा रामपूर हाइव्रिड को वीउ उत्पादन गत आ.व. बाट सूरु गरिएको ।


ट्यागीङ्ग संस्थाले उपलब्ध गराएको मुलवीउ कृषकहरू लाई उपलब्ध गराए पस्चात संस्थाकै रोहवर तथा प्राविधिकको सल्लाह अनुसार रगीङ्ग गरी उत्पादन गरेको उत्पादित वीउ संस्थाले खरिद गरेर मैक्स्चर नियन्त्रण, स्टोरेज, ग्रेडिङ्ग, संस्थाकैनाममा प्याकेजिङ्ग तथा लेवलीङ्ग गरी बजारीकरण गर्ने गरिएको छ ।


वजारीकरण : उक्त वीउ कृषि सहकारी संस्थाहरू तथा एग्रोभेटहरू मार्पmत विक्रि वितरण गर्ने गरिउको छ । हाल झापा, मोरङ्ग, सुनसरी, सप्तरी सम्म जाने गरेको छ ।


साना किसानहरूको आर्थिक अवस्थामा सुधार, सामाजिक दायित्व तथा संस्कृतिको संरक्षणका लागि संचालित अभियानका दौरानमा २०५९ सालमा महारानीझोडा साना किसान कृषि सहकारी संस्था लि. दर्ता भएको हो । संस्थाले शेयर सदस्यहरू लाई वित्तिय सेवा दिनुका साथै उनिहरूलाई स्थानीय स्तरमानै रोजगारी सृजना गर्नका लागि कृषिमा व्यावशायिक वनाउनु पर्छ भन्ने मुख्य उद्देश्यका साथ खाद्यान्न, तेलहन तथा घाँसको वीउको उत्पादन देखि बजार व्यवस्थापनको काम गर्दै आएकोछ ।


जमीनको खण्डिकरण, उन्नत वीउको अभाव, पानीकालागि सिंचाईको प्रवन्ध नहुनु, यूवा तथा शैक्षिक जनशक्ती वैदेशिक रोजगार तर्फ पलायन हुनु, यान्त्रिकरण हुन नसक्नु, माटोको उर्वराशक्ति घट्दैजानु, सहुलियत कृषि कर्जा तथा उत्पादित कृषि उपजको संरक्षणका लागी स्टोरेजको प्रवन्ध नहुनु, कृषकहरूको पहुँचमा बजार नहुनु, घरपालुवा पशुहरूको संख्या घट्दै जानु तथा तिनिहरूको मल मुत्रको उचित संरक्षण गरी कम्पोष्टमलको व्यवस्थापन नगर्नु, उत्पादन लागतमा बृद्धि जस्ता अनेकन समस्याका कारणहरूले विगतका केहि वर्षहरू देखि क्रमस परनिर्भरता तर्फ गईरहेको छ ।


साना किसान कृषि सहकारी संस्था महारानीझोडाले कृषिमा नविन प्रयोगका साथै प्रविधीलाई मुख्य जोड दिएको छ । कृषि उपजको वीउ कृषकहरूले नै उत्पादन गर्ने र उपभोक्ताहरू पनि कृषकहरू नै भएकाले संस्थाले वीउ प्रशोधन केन्द्रको स्थापनालाई जोड दिएको छ । गुणस्तरी वीउ को सहज ढंगबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले संस्थाले लामो समयको प्रयासबाट नेपाल सरकारको सहयोग तथा संस्था समेतको साझेदारीमा विगत ३ वर्ष देखि सामुदायिक वीउ प्रसोधन तथा भण्डारण केन्द्रको स्थापना गरेको छ । यस प्रकारका उद्योग कृषकले संचालन गर्न पाउनु यस संस्थामा आवद्धहुनु भएकाशेयर सदस्यहरूका लागि स्थानीय निकायका लागि मात्र नभएर देश भरका साना किसानहरूका लागि समेत सुखद पक्ष हो ।


कृषिको उत्पादन वृद्धिका लागि गुणस्तरिय वीउको हिस्सा महत्वपूर्ण हुन्छ । वीउ गुणस्तर भएनभने जतिसुकै खर्च गरेर मल, पानी तथा प्रविधि को प्रयोग गरे पनि उत्पादन वढाउन सकिदैन । विगतका दिनमा कृषकहरूसंगनै आफूलाई आवस्यक वीउ हुन्थ्यो । पछि बढि उत्पादन हुने आशामा रासायनिक मल, विषादी तथा हाइव्रिड वीउको प्रयोग हुँदा हिजोका स्थानीय जातका वालीहरू पलायन भएर जाने अवस्थामा पुगेका छन् । हाल नेपालमा प्रयोगहूने वीउहरू मध्ये ठुलो हिस्ता विदेशबाट आइरहेको छ । देश क्रमस परनिर्भरता तर्फ उन्मुख हुदै गर्दा महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले स्थापना गरेको धान तथा गहुँको वीउ प्रशोधन केन्द्रले आत्मनिर्भतर वनाउनका लागि थोरै भएपनि योगदान गर्नेछ ।


उद्योग स्थापनाको औचित्यताका पछि आवश्यक तत्वहरू (कम्पोनेन्ट) हेर्दा कच्चापदार्थको उपलब्धतामा सदस्यहरूको पहुँच, स्थापनाका लागि आवश्यक पूर्वाधारहरू निर्माणका लागि जमीन, सडक तथा विद्युत, संचालन गर्ने क्षमता, बजारको सञ्जाल जस्ता प्रवल सम्भावनाहरू भएर पनि स्थापनाका लागि आवश्यक भौतिक संरचना निर्माणमा ठुलो लागत लाग्ने र उक्त लागत अनुुसारको प्रतिफल लगानीकर्ता लाई प्राप्त नहुने भएकोेले पनी यसको निर्माणका लागि सहयोगी निकायको सहयोगको आवश्यकता रहेको छ । नेपाल सरकारको अनुदान सहयोग, कृषकहरू तथा संस्था समेतको सहभागीतामा उद्योग स्थापना भएर संचालनमा ल्याइएको छ । उद्योगको उत्पादन क्षमता तथा यसको संचालन स्व क्षमता लाई हेर्दा निर्माण गरिएको स्टोरेज भवन तथा चट्टाल सानो छ । जसका कारण वीउको गुणस्तर कायम राख्नका लागि कठिनाई हुनुका साथै क्षती समेत व्यहोर्नु परेको छ ।


वीउ प्रशोधन केन्द्रको स्थापना पश्चात उद्योग संचालन गर्नु पूर्व पूरा गर्नु पर्ने आवस्यक तैयारीमा केहि कम भएको छ । यस उद्योगको संचालन शेयर सदस्यहरू वीचको कारोवारबाट मात्र नहुने देखिन्छ । सहकारी संस्थाहरूसंगको मात्र हातेमालोले बजार पर्याप्त नभएकोले अन्य एग्रोभेटहरूसंग समेत सहकार्य गर्नुपरेको छ । उद्योग संचालनका लागि कच्चा वस्तुको उत्पादन गर्नुपूर्वदेखि बजारसम्म लैजानका लागी एक वालीका लागि न्यूनतम १ वर्षको समय लाग्ने गर्दछ । त्यसका लागि आवश्यक प्राविधिक जनशक्तीको प्रवन्ध गर्न समस्या भईरहको छ । व्यवहारीक अनुभव तथा जनशक्तीकै प्रयासमा संचालन गरिएको वीउ प्रशोधन केन्द्रमा आवश्यक प्राविधिक तथा अन्य आवश्यक जनशक्ती लाई पूर्णरुपमा रोजगारी तथा पारिश्रमिक प्रदान गर्न अवश्यक रहेको छ ।


वीउ प्रशोधन केन्द्र आ.व. ०७०/०७१ मा निर्माण प्रारम्भ गरी आ.वं ०७१/०७२ मा निर्माण कार्य सम्पन्न गरी आ.व. ०७२/०७३ बाट संचालन प्रारम्भ गरेको हो । त्यस पश्चात उद्योग संचालनका लागी आवस्यक कर्मचारीहरूको व्यावस्थापन गर्ने क्रममा सुरुका दिनमा हेमराज विष्टलाई सहयोगीको रुपमा र यस आ.व. पश्चात केन्द्रको व्यावस्थापकको जिम्मेवारी प्रदान गरिएको छ । प्राविधिक सेवा प्रदान गर्नका लागि अशोक बास्कोटा लाई जिम्मेवारी प्रदान गरिएको छ ।


मितव्ययी ढंगबाट संचालन गरिदै आएको यस केन्द्रको आवश्यक पूर्वाधार निर्माणका क्रममा चट्टालको साइज वढाइएको, बंगुर पालनको गोठ मर्मत गरी गोदामको रुपमा प्रयोग गरिएको, संकलन केन्द्रको घेराबारा, सामान ओसार पसारका लागि ठेलाचलाउने बाटोको ढलाई, वीउ राख्नका लागि काठको पीर्का थप निर्माण, प्रसोधन उद्योगको घानी निर्माण, वोस्टेज वस्तु तथा वीक्रि नभएको धान कुटाउनका लागी मीलको जडान गरिएको छ । प्रशोधन केन्द्रमा १ थान न्यून लागतमा स्टोरेज निर्माण गर्ने योजना रहेको छ । प्रसोधन केन्द्रमा वीउ सुकाउनका लागी चट्टाल र संरक्षण गर्नका लागि गोदम नहुँदा कहिले हावाहूरी, कहिले बर्षा र लामो समय सम्म घाँम शितका कारण वीउको गुणस्तर घट्ने, क्षतिहुने तथा प्रयोग गरिएका त्रिपाल र बारोहरू चाँडै नष्टहुने एंव घुन, पुत्ली, मुसा, परेवा तथा अन्य चराचुरुङ्गीहरूको प्रकोप समेत खप्नु परेको छ ।

केन्द्रका समस्याहरू तथा चुनौतीहरू:
१. खरिद गरिएको वीउ सवै वीउकै रुपमा विक्रि गर्न नसक्नु ।
२. स्रोत वीउ पर्याप्त नपाइनु पाएको समेत समयमा कृषकलाई उपलब्ध गराउन नसक्नु ।
३. सरकारले सिफारिस गरेका जात भन्दा अन्य बालीमा कृषकहरूको आकर्षण ।
४. स्टोरेज गर्ने पर्याप्त गोदाम तथा सुकाउने चट्टाल नहुनु ।
५. सरकारले वीउमा दिने अनुदान नितिमा सहकारी लाई प्राथमीकतामा नराखिएको ।
६. उपभोक्ताहरू लाई गुणस्तरका बारेमा अवगत गराउन नसक्नु ।
७. आवस्यक भएको समयमा पर्याप्त विद्युत सप्लाई नहुनु ।
८. लेखाको प्राविधिक कर्मचारी अभाव ।
९. ढुवानी गर्ने साधन नहुनु ।
१०. बर्षैभरी नियमीत काम नहुँदा मजदुरको अभाव ।
११.कच्चा बस्तुको खरिद देखि बजारबाट विक्रिको मुल्य प्राप्त गर्दा सम्म लामो समय पूँजी लगानी गर्नुपर्ने त्यसका लागी संस्थाले आन्तरिक स्रोतबाट धान्दा संस्थालाई वित्तिय भार वढ्नु ।
१२. वीउ उत्पादक सदस्यहरू लाई पूर्ण रुपमा प्राविधिक ज्ञान प्रदान गर्न नसक्नु ।
१३. वीउको बजार अस्थिर हुनु ( विउका जात धरै भएकाले व्यवस्थापनमा कठिनाई )

समस्या तथा चुनौतीहरू समाधानका लागी गरीने प्रश्तावित कार्यक्रमहरू :
१. ठुला पूर्वाधार ( गोदाम,चट्टाल तथा ढुवानी साधन) निर्माण तथा खरिदका लागि सहयोगी निकाय संग समन्यगर्ने ।
२. हिसाव लाई थप व्यावस्थित गर्नका लागि दक्ष कर्मचारीको प्रवन्ध तथा कम्प्यूटरको प्रयोग गर्ने ।
३. वार्षिक कार्ययोजना वनाई योजना अनुसार कार्य गर्ने ।
४. मुल वीउ उत्पादनका लागी योजना वनाई कार्यान्वयन गर्नु ।
५. हाल गर्दै आएका बालीका अतिरिक्त अन्य बालीहरूको वीउ उत्पादनमा समेत लाग्नु ।
६. स्टोरेजका लागि प्लास्टिक बोराहरूका अतिरिक्त जुट बोराको प्रयोग गर्नु ।
७. सेलर मील स्थापनाका लागि सहयोगी निकाय संग समन्वय गर्नु ।
८. श्रमिक जनशक्तिलाई मध्यनजर गरी वर्षैभरी रोजगारी सृजना गर्न प्रसोधन केन्द्रको कच्चा पदार्थमा आधारीत उप उत्पादनहरू निर्माण गर्न घरेलु उद्योगहरू संचालन गर्ने ।
९. कृषि उपज खरिद तथा विक्रिका लागी योजना वनाइ कार्यान्यान गर्ने ।
१०. धान सुकाउनका लागी ड्रायर मेसीन जडानका लागी सहयोगी निकायहरू संग पहल गर्ने ।
११. शेयर लगानी गर्ने व्याक्तिगत सेयर सदस्यहरू लाई प्रमाण पत्र वितरण तथा रेकर्डहरू अध्यावधिक गर्ने ।
१२. शेयर सदस्यहरू ले संस्थामा पुर्याउनु भएको शेयर योगदानका आधारमा २५ प्रतिशतका दरले साधारणसभा खर्च प्रदान गर्ने ।
१३. वीउ उत्पादक कृषकहरू लाई आवस्यक प्राविधिक तालिम प्रदानका कार्यक्रम संचालन गर्ने ।