धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ केवलपुर महिला साना किसानकी सदस्य सरस्वतीको पौरख र सफलता

 एग्रो खबर   ३० सावन, २०८०


धादिङको केवलपुरमा कृषि र पशुपालन व्यवसाय मार्फत जीवन रुपान्तरण गर्दै हुनुहुन्छ सरस्वती थापा पौडेल । 

पौडेलले आफ्नै पाखा पखेरामा गर्दै आएको परम्परागत खेती र पशुपालन व्यवसायलाई व्यवसायीतातर्फ अगाडि बढाउँदै अरुका लागि समेत सिक्न लायक काम गर्नुभएको छ । 
सहकारी संस्थाबाट भएको लगानीको सहि सदुपयोग गर्दै उहाँले अहिले स्वीकृत अर्गानिक कृषि फर्म करिव १५ रोपनी जग्गामा विस्तार गर्नुभएको छ ।

उहाँले खेती गर्ने जग्गाको क्षेफल अझै बढाएर २५ रोपनि बनाउने सोचका साथ काम अगाडि बढाउनुभएको छ । उहाँले अहिले वार्षिक १ लाख केजि भन्दा बढि तरकारी विक्रि गर्दै आउनुभएको छ । उहाँको फार्ममा अहिले ४९ वटा टनेल निर्माण गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । उहाँले यसै वर्ष ३० देखी ५० वटा गाई भैंसी पालन गरी फार्म सञ्चालन गर्ने सोचका साथ कार्य अगाडि बढाउनुभएको छ । 

सदस्यहरुको जीवनस्तर उकास्न काम गर्दै आएको केवलपुर साना किसान कृषि सहकारी संस्थाले सदस्यहरुलाई व्यवायिीक बनाउन आवश्यक पर्ने पुँजी, प्रविधि, ज्ञान, सिप प्रदान गर्दै आएको छ । 



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
साना किसानको खाद्यन्न उद्योग
साना किसानको खाद्यन्न उद्योग
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
कृषि क्षेत्रको  विकासका लागि  अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
कृषि क्षेत्रको विकासका लागि अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस