साना किसानको खाद्यन्न उद्योग साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपुर धनुषा

 एग्रो खबर   १८ चैत, २०८०


साना किसानको समृद्धि कृषिको रूपान्तरण तथा उद्यमशीलताको विकास भन्ने मूल नारालाई आत्मसाथ गर्दै साना किसान कृषि सहकारी संस्था लि रघुनाथ पुरले धान प्रशोधन केन्द्र स्थापना तथा सञ्चालनमा ल्याएको छ ।

२०८० चैत्र ३ गते उक्त धान प्रशोधन केन्द्रको संघिय सरकार कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा र साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रयि संघ लि.का अध्यक्ष श्री खेम बहादुर पाठकले उद्घाटन गर्नुभएको हो ।

करिब ३ हजार ५ सय शेयर सदस्य उपस्थित भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीमान सचिव ज्युले सहकारी क्षेत्रमा आएको विचलन र खराब अवस्थामा साना किसान कृषि सहकारी संस्थाहरूले उदाहरणीय काम गरेको र सहकारीको मर्म र भावनालाई डगमगाउन नदिएको प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष खेम बहादुर पाठकले सहकारीलाई सदस्यको संस्था बनाउन सके कुनै समस्या नआउने बताउनुभयो । उहाँले सहकारी सदस्यको हुनुपर्ने भन्दै जहाँ सदस्यको सहकारी छैन त्यहाँ समस्या रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सबैला नगरपालिकाका नगर प्रमुख श्री कारीराम यादव, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत श्री पृथ बहादुर थापा, बर्दिबासका शाखा प्रबन्धक युवराज गैरे सहित विभिन्न कार्यालय तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा ग्रामिण उद्यम परियोजना समेत अवलोकन गरिएको थियो।

 



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
कृषि क्षेत्रको  विकासका लागि  अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
कृषि क्षेत्रको विकासका लागि अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस