कृषि क्षेत्रको विकासका लागि अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री

 एग्रो खबर   १६ माघ, २०८०


मिति २०८० माघ १५ गते मित्र राष्ट्र भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री अस्पतालको प्राङगणका, नेपाल भारत मैत्री अस्पताल, नेपाल भारत विकास एवं मैत्री संघ, काठमाडौं महानगरपालिका वडा नं ८ र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को सह आयोजनामा वर्तमान अवस्थामा नेपाल भारत सम्बन्ध विचार गोष्ठी, ३ दिने नेपाल भारत मैत्री निशुल्क चिकित्सा शिविर समापन र नेपाल भारत मैत्री अस्पतालद्वारा स्थानीयसँग आवद्धता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल भारत विकास एवं मैत्री संघ एवं किसान नेट प्रा लि. का अध्यक्ष सुर्य भुसाल ज्यूको अध्यक्षता मा संचालन भएको कार्यक्रममा प्रमुख अतिथीमा नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय नारायण प्रकाश साउद , विशिष्ठ अतिथीमा नेपाल स्थित भारतीय राजदूतावासका D.C.M श्री प्रसन्न श्रीवास्तव ज्यू र विशेष अतिथीमा यस संघका महाप्रवन्धक रुद्र भट्टराई एवं विभिन्न राजनैतिक दलका तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाका आरदणीय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा माननीय मन्त्री ज्यूले मुलत कृषि क्षेत्रको विकासका लागि नेपाली अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता रहेको विषय व्यक्त्त गर्नु भएको थियो ।

साथै नेपाल स्थित भारतीय राजदूतावासका D.C.M श्री प्रसन्न श्रीवास्तव ज्यूले भारतले गरेको विभिन्न परियोजना र कार्यक्रम बारे जानकारी गराउदै आउने दिनमा पनि थप साथ, सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
साना किसानको खाद्यन्न उद्योग
साना किसानको खाद्यन्न उद्योग
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस