पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न सन् २०१४ देखी निरन्तर पारिवारीक खेती कार्यक्रम सञ्चालन भएको नेपालमा अहिले पनि यस सम्वन्धि विभिन्न कार्यक्रमहरु भईरहेका छन् ।

 एग्रो खबर   २ भदौ, २०८०


UN पारिवारीक खेती  दशक २०१९–२०२८ राष्ट्रिय निर्देशक समितिको बैठक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पनन भएको छ । 

कृषि तथा पशुपन्छि विकास मन्त्रालको सभाकक्षमा बसेको बैठकले बढ्दो खेतीयोग्य जमिनको खण्डिकरण रोक्न र बाँझो जग्गामा खेती गर्ने परिपाटीको विकास गराउन पारिवारीक खेती कार्यक्रम मार्फत पहल गर्ने निर्णय गरेको छ । 

सन् २०१४ देखी निरन्तर पारिवारीक खेती कार्यक्रम सञ्चालन भएको नेपालमा अहिले पनि यस सम्वन्धि विभिन्न कार्यक्रमहरु भईरहेका छन् । नेपालको प्रस्तावमा संयुक्तराष्ट्रसंघले पारिवारिक खेती दशक घोषणा गरेको थियो । 

उक्त बैठकमा अर्थ मन्त्रालयका सहसचिव एवम प्रवक्ता धनिराम शर्मा, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव राजेन्द्र मिश्र, कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसी, राष्ट्रिय निर्देशक समितिका सदस्य सचिव एवम नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक, विभिन्न मन्त्रालयका सहसचिव, एफएओ, आइफार्ड, यूएसएआइडि, किसान सञ्जालका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायका निर्देशक समितिमा रहेका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय कार्यन्वयन समितिको तर्फबाट कार्यन्वयन समितिका सदस्य सचिव एवम् नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रवन्धक रुद्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
साना किसानको खाद्यन्न उद्योग
साना किसानको खाद्यन्न उद्योग
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
कृषि क्षेत्रको  विकासका लागि  अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
कृषि क्षेत्रको विकासका लागि अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ
धादिङको केवलपुरकी सरस्वती पौडेल १ लाख किलो तरकारी बेच्नुहुन्छ

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस