कृषिमा सूचना प्रविधिको प्रयोग सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम सुरु कृषि जन्य उत्पदनमा संलग्न सहकारीका सञ्चालक, उद्यम गरिरहेका ५० जनाभन्दा बढि किसानहरुको सहभागिता रहेको छ ।

 नेपाल कृषि सहकारी केन्द्रयि संघ   २३ सावन, २०८०


नेपाल कृषि सहकारी केन्द्रयि संघ र राष्ट्रिय किसान सञ्जालको आयोजनामा कृषि तथा जलवायू परिवर्तनबाट उत्पन्न विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग सम्वन्धि २ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 
ललितपुरको धोविघाटमा सुरु भएको कार्यक्रममा कृषि जन्य उत्पदनमा संलग्न सहकारीका सञ्चालक, उद्यम गरिरहेका ५० जनाभन्दा बढि किसानहरुको सहभागिता रहेको छ । 
आइफार्ड र ईयूको सहयोग, एसियन फामर्स एशोसियसनको कार्यन्वयनमा एपिएफपी तथा एफओ फोर ए अन्र्तगत आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग, यसको महत्व र आवश्यकताका बारेमा विभिन्न कार्यपत्रहरुमाथी छलफल चलिरहेको छ ।
कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय भूमी आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले कृषि क्षेत्रलाई परम्परागत अभ्यासबाट माथी उठाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले विश्विमा विकास भएको सूचना प्रविधिको प्रयोगलाई नेपाल र नेपाली किसानहरुले पनि प्रयोग गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो ।

 

किसानहरुले उत्पादन देखी बजारीकरणसम्मको सञ्जाल विस्तार गर्दै आयआर्जन बढाउन सूचना प्रविधिले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

किसान र कृषि क्षेत्रको रुपान्तरणका लागि नेपाल सरकारले पनि सहुलियतमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने खड्काले बताउनुभयो । यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले नेपालका किसान र उद्योग उत्पादनमा केन्द्रीत भएपनि सूचना प्रविधिको प्रयोगमा अब्बल हुन नसक्दा समस्या परेको बताउनुभयो । अध्यक्ष पाठकले किसानहरु उत्पादक मात्र बन्न सकेको अहिलेको अवस्थाबाट माथी उठाउन सूचना प्रविधिसंग जोड्न आफुहरु लागिपरेको बताउनुभयो ।

सूचना प्रविधिसंग किसान र कृषिलाई जोड्न सकेमात्र कृषि क्षेत्रबाट लाभ लिन सकिने बताउनुभयो । विभिन्न क्षेत्रबाट कृषि क्षेत्रमा परेको प्रभावका बारेमा कृषि प्राविधिकहरुले जानकारी दिने संयन्त्र भएपनि प्रभावकारी रुपमा संयन्त्रले काम गर्न नसक्दा समस्या भईरहेको बताउनुभयो । 

कार्यक्रममा उपस्थीत सहभागीहरुलाई स्वागत गर्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का नायव महाप्रवन्धक मिना पोख्रेललले नेपालमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभाव न्यूनिकरणका लागि पहल थाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावबारे राज्यले अनुसन्धान गरी किसानहरुलाई जतिसक्दो छिटो यसको प्रभावबाट बच्ने उपायका बारेमा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 



संबन्धित समाचारहरु

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानबीच छलफल
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
साना किसान विकास आयोजनाको सुरुवात भएको स्थान नुवाकोटको तुप्चेमा साना किसान स्थापना तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीबाट संस्थाहरु अवलोकन
साना किसानको खाद्यन्न उद्योग
साना किसानको खाद्यन्न उद्योग
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
झापाका विभिन्न साना किसानले सञ्चालन गरेको उद्योग र किसानहरुसंग सचिव दुवाडीद्धरा छलफल
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
इलामका चिया किसानहरुको समस्या समाधानका लागि पहल गछौं : सहकारी सचिव दुवाडी र रजिष्ट्रार घिमिरे
कृषि क्षेत्रको  विकासका लागि  अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
कृषि क्षेत्रको विकासका लागि अर्गानिक उत्पादनलाई थप व्रान्डीङ गर्नु पर्ने आवश्यकता - परराष्ट्र मन्त्री
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
खाद्य सुरक्षा र कृषिको व्यवसायीक दिगो विकासमा केन्द्रीयसंघको भूमिका अर्थपूर्ण छ : एफ ए ओ
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न
पारिवारीक खेती राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न

प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस