आविष्कार केन्द्रलाई गैरआवासीय नेपाली संघको सहयोग

 एग्रो खबर   १२ चैत, २०७९


काठमाडौं चैत १० गते गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको पुर्ननिर्माण सामग्री सहयोग गरेका छन् ।
सामाजिक साझेदारीको अवधारणा अन्तर्गत गैरआवासीय नेपाली संघले १२ बैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा शुरु गरेको लाप्राक वस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सहयोग गरेको हो ।
प्रदान गरिएका उपकरण तथा सामग्रीहरु बिरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिने अविष्कार केन्द्रले जनाएको छ ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजिक क्षेत्रमा राष्ट्रको उन्नति र सम्वद्र्धनका लागि पु¥याएको योगदानको प्रशंसा गरिन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा आविष्कार केन्द्रका प्रमुख पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए ।
यसअघि पनि संघले आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका थिए । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भुवन भट्टद्वारा स्थापित रु एक करोड राशिको ‘‘भवन किर्ती रत्न’’ पुरस्कार आविष्कार केन्द्र तथा एनआईसीका संस्थापक पुनलाई प्रदान गरेका थिए ।



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस