थाइल्याण्डको नवितम कृषि अभ्यास सिक्दै नेपाली किसान थाइल्याण्डको नवितम कृषि अभ्यास सिक्दै नेपाली किसान

 एग्रो खबर   १८ चैत, २०८०


नेपालका विभिन्न कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको टोलीले थाईल्यण्डमा कृषि क्षेमा भईरहेको नवितम अभ्यास, प्रविधिको प्रयोग र उत्पादनको अवस्थाका बारेमा १ साता लामो अवलोकन भ्रमण गरेको छ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र बागेश्वरी एग्रकल्चर टेक्नोलोजी एण्ड सोलुसन प्रा.ली. ललितपुरको संयोजनमा नेपालका विभिन्न जिल्लाका कृषि सहकारी संस्थामा आवद्ध संस्थाका सञ्चालक, कर्मचारी लगायतको कृषि अवलोकन भ्रमण भएको छ । कृषि क्षेत्रमा भएका नविनतम प्रयास, पहल र अभ्यासहरुको बारेमा बुझ्न र उक्त कुरालाई नेपालमा अनुशरण गर्न सकियोस भन्ने उदेश्यका साथ उक्त अवलोकन भ्रमण आयोजना गरिएको हो ।

भ्रमणका क्रममा नेपाली सहकारीकर्मीहरुको टोलीले विभिन्न नविनतम कृषि प्रविधि, कृषि फार्म, उत्पादन क्षेत्र तथा उद्योगहरुको अवलोकन भ्रमण गरेको छ ।

उक्त अवलोकन भ्रमणमा नेपालका विभिन्न जिल्लाका २३ जना सहकारीकर्मीहरुको सहभागीता रहेको छ ।

थाइल्याण्डको उत्पदन क्यालिटीमा नेपालमा पनि कृषिजन्य उत्पादन गर्दै थाइल्याण्डहुँदै विश्व बजारमा नेपालको उत्पादन लैजान सकिने सम्भावनाहरुको रहेकोछ । अहिले थाइल्याण्डले अमेरिका, क्यानडा लगायतका देशहरुमा आफ्नो उत्पादन पठाउँदै आएको छ ।

यसै वर्ष नेपालका ५ सय जनाभन्दा बढि किसानहरुलाई थाइल्याण्ड अवलोकन तथा सिकार्य कार्यक्रममा सहभागि गराउने बागेश्वरीका प्रमुख ज्ञान बहादुर महतोले जानकारी दिनुभयो।

 



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस