मिति २०८१ कार्तिक १२ गते नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. धोबीघाट ललितपुरको केन्द्रीय कार्यालयमा दक्षिण कोरियाली गैरसरकारी संस्था मेन्टर्स कर्पोरेशन का प्रेसिडेन्ट किम हिउँङ युल सँग स्मार्ट प्रविधिमा आधारित कृषिको विषयमा छलफल भएको छ । प्रेसिडेन्ट किमले यस किसिमको स्मार्ट कृषि प्रविधि नेपालमा भित्राउन कोरियाली संस्था कोईका, संयुक्त राष्ट्र संघ तथा अन्य दातृ निकाय मार्फत नेपालमा अनुदान तथा लगानी का लागि पहल गर िभित्राउन सकिने , नेपाली युवाहरुलाई प्रविधि अध्ययनका लागि कोरिया लागि सहजिकरण गर्ने, स्मार्ट कृषि प्रविधिलाई प्रवर्धन गर्नका लागि साना किसानहरुको सञ्जाल मार्फत गर्न मेन्टर्स कर्पोरेशन निकै सकारात्मक रहेको र सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभयो । किमले यस स्मार्ट प्रविधिलाई नेपालमा कार्यान्वयन गर्न तिनै तहका सरकारसँग समन्वयकारी भूमिका खेलि आवश्यक सहजिकरणका लागि संघलाई अनुरोध गर्नुभएको छ । छलफलमा बोल्नुहुँदै संघका अध्यक्ष खेमबहादुर पाठकले यस किसिमका कार्यक्रममा जोडिन पाउनु साना किसानका लागि ठूलो अवसरको विषय रहेको र तिनै तहका सरकारसँग समन्वयन र सहकार्य गर्न आफूले कदम चाल्ने विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा आर्इ एस ओ ग्लोबल स्किल्स एकेडेमी का अध्यक्ष विनोद राज सिग्देल साथै सघंका कार्यक्रम प्रबन्धक दिवाकर रुपाखेती को उपस्थिति रहेको थियो । विशेषगरी छलफल कृषिमा आधारित प्रविधि, कृषिमा आर्टिफिसियल ईन्टलिजेन्सको प्रयोग, स्मार्ट फार्म डिजिटल एनालाइसिसका विषयमा छलफल भएको थियो ।