कृषि सहकारी संस्थाहरुमा माटोको स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

 एग्रो खबर   १० असोज, २०८१


कासा परियोजना अन्तर्गत यस नेपाल कृषि सहकारी केन्द्रीय  संघले , मधेस र लुम्बिनी प्रदेशका साना किसान कृषि सहकारी  संस्थाहरूमा रामनगरमा माटोको स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम तपसिलका मितिहरूमा सञ्चालन गर्न सफल भएको छ।   उक्त कार्यक्रममा रासायनिक मलको प्रयोगले माटोको स्वास्थ्यमा के कस्ता असर पारेका छन् र माटोको स्वास्थ्य राम्रो गराउन पाकेको गोबरको मल, हरियो मल, मिश्रित बाली गाईभैंसीको पिसाबको मलको उचित प्रयोग को बारेमा छलफल भएको थियो।  साथै कार्यक्रममा  माटोको नमुना लिने तरिका   बारेमा पनि छलफल केन्द्रित रह्यो ।उक्त कार्यक्रममा विभिन्न स्थानीय तहबाट आउनुभएका  प्रतिनिधि ज्यूहरूले (नगरपालिका उपप्रमुख, कृषि अधिकृत,  कृषि सहायक) माटोको स्वास्थ्य राम्रो गराउन के कस्ता कार्यहरू गर्नुपर्छ र स्थानीय तहले अहिले सञ्चालन भइरहेका र आगामी सालमा नगरपालिकाबाट के कस्ता किसानहरूलाई लाभ हुने कार्यक्रमहरू आइरहेका छन् त्यसबारे प्रष्ट पार्दिनुभयो। कार्यक्रम सम्पन्न भएका संस्थाहरूको नाम र मिति तल उल्लेखित छ

संस्थाहरूको नाम 
मधेस प्रदेशमा
१ जनज्योति कृषि सहकारी संस्था राजबिराज : मिति २०८१।०५।३१ गते

लुम्बिनी प्रदेशमा
२. साना किसान कृषि सहकारी संस्था लिमिटेड रामनगर  : मिति २०८१।०६।०५ गते,
३. साना किसान कृषि सहकारी संस्था लिमिटेड माकर : मिति २०८१।०६।०६ गते,
४.साना किसान कृषि सहकारी संस्था लिमिटेड शुक्रौली : मिति २०८१।०६ ।०७ गते,
५.रामपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेड : मिति २०८१।०६।०८ गते,



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस