इजरायलमा अभ्यास र नेपालमा उद्यम साना किसान कृषि सहकारी मार्फत मेरो कृषि उद्यम

 भोज बहादुर तामाङ   २० सावन, २०८०


मेरो बुबा धनलाल तामाङ्ग र आमा यममाया तामाङ्ग कास्की जिल्लाको साविकको ल्वाङघलेल गा।वि।स।को स्थायी बासिन्दा हुनुहुन्थ्यो । ल्वाङ्गघलेलमा रहेको जग्गाले आफ्नो जिविकोपार्जन चलाउन अप्ठ्यारो भएपछि साविकको लाहाचोक गा।वि।स।को मर्दीखोलामा बसाई सरेर आउनु भयो । 

मेरो परिवारमा दाजुभाई, दिदीबहिनी आमाबुबा सहित ९ जना थियौ । ठूलो परिवार भएपछि मेरो बुबा आमालाई बालबच्चा पाल्न र घरखर्च चलाउन गाह्रो भएपछि हाम्रो परिवार २०४७ सालमा अहिले मेरो घर भएको स्थान लाहाचोक, अर्मलामा वसाई सर्नु परेको थियो । यहाँ घाँसे जंगल धेरै भएको र वस्ती पनि  कम भएको कारण पशुपालन र कृषि गर्न उपयुक्त थियो । 

वस्ती भन्दा अलिक टाढा भएकै कारण हाम्रो घरभन्दा स्कुल नजिक थिएन । हामीहरुलाई घरबाट १ घण्टा ओरालो बाटो हिडेर स्कुल जानु पर्ने अवस्था थियो । औपचारीक शिक्षाका रुपमा मैले वुवा आमालाई कृषि र पशुपालनमा सघाउँदै १७ वर्षको उमेरमा लाहाचोकको महेन्द्र माद्यामिक विद्यालयबाट एसएलसी र त्यसपछि १०ं२ उत्तीर्ण गरेँ । 

उच्च शिक्षा अध्ययन गर्न शहर बसेर पढ्ने स्रोतको अभावकाबीच व्यवहारीक ज्ञान पनि हुने र रोजगारी पनि पाउन सजिलो हुने भएपछि मैले पोखरामा ३ महिने होटल व्यवस्थापन तालिम लिएँ । उक्त तालिम सकिए लगत्तै पोखराको पाँचतारे होटलमा वेटर पदमा रोजगारीको अवसर पाएर यतै काम गर्न थालियो । त्यो समयमा होटलको तलब पनि सन्तोषजनक नै थियो । तर, मलाई आफ्नै स्वामित्व र व्यवस्थापनमा व्यवसाय सञ्चालन गर्ने चाहना थियो । 

होटल व्यवस्थापनको तालिम र होटलको कामले मलाई होटल सम्वन्धि धेरै ज्ञान भईसकेको थियो । जसको फलस्वरुप आफ्नै पेशा व्यवसाय गर्ने मेरो सपनालाई सार्थकतामा परिणत गर्दै मैले होटलको रोजगारी छाडेर पोखराको फिर्केमा आफ्नै रेष्टुरेण्ट व्यवसाय सुरु गरेँ । सुरुवाती लगानी रु।३ लाखमा सुरु गरेको रेष्टुरेण्ट व्यवसायबाट अपेक्षित आम्दानी गर्न सकिएन । रेष्टुरेण्ट व्यवसायबाट राम्रो आम्दानी गर्न नसकेपछि यस व्यवसायबाट हात झिकेर वैदेशिक रोजगारीको तयारीमा लागेँ । विदेशमा राम्रो रोजगारी र आम्दानी हुने देश खोज्दै जाँदा कुवेत जाने निधो गरियो । 

यो समय म जस्तै धेरै युवाहरु वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जानेक्रम बढिनै रहेको थियो । २ लाख खर्च गरेर बैदेशिक रोजगारीको लागि कुबेत गएँ । त्यहाँ मेरो काम रेष्टुरेण्टमा नै थियो । १० महिना कुवेतमा बसेपछि त्यहाँ पनि मलाई उपयुक्त लागेन, अनि नेपाल फर्किएँ । नेपालमै केही गर्ने मेरो पहिले देखीकै सोचलाई सार्थकतामा परिणत गर्न मैले नेपालमा विभिन्न क्षेत्रको बारेमा बुझ्न थालेँ । यसैक्रममा मेरो आफन्त ९ज्वाई० ले कास्कीको सार्दिखोलामा कृषि फार्म सञ्चालन गर्नु भएको थियो । यसबारेमा पनि उहाँसंग छलफल गरेँ ।

कृषि फार्म सञ्चालन गरिरहनुभएको उहाँसंग लामो छलफल र मन्थनपछि मैले उहाँको फार्ममा २ महिनासँगै काम गरें । प्लाष्टिकको घरमा गरिएको तरकारी खेतीबाट राम्रो आम्दानी भएको पाएँ । मेरो भिनाजुले पनि ल्वाङ्गेघलेलमा ठूलै क्षेत्रफलमा तरकारी खेती गर्नु भएको थियो । काम विशेषले भिनाजु काठमाडौ जान परेको हुँदा उहाँको फार्मको हेरचाह र सञ्चालन गरिदिन मलाई भन्नु भयो । अनि म भिनाजुको फार्ममा केही दिन काम गरें । भिनाजु फर्किनु भएपछि पनि उहाँ र म संगै काम ग¥यौ । लगभग १५ रोपनी जग्गामा गोलभेडा, काउली, साग, काँक्रो जस्ता तरकारी खेती गरेका थियौ । 

साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला पौडेलको प्रेरणामा मेरो भाउजु रचना तामाङ्ग र आमा उक्त संस्थाको समुह सदस्यमा आवद्ध हुनु भएको थियो । २०७५ सालमा साना किसान सहकारी संस्थाको सदस्यको घरपरिवारबाट इजरायलमा कृषि तालिमको लागि पठाउने कार्यक्रम रहेको जानकारी पाएँ ।

संस्थामा सम्पर्क राखेर मैले पनि फर्म भरें । म सहित जम्मा ६ जनाले फर्म भरेका थियौ । साना किसान लाहाचोकको लागि जम्मा ४ जनाको कोटा रहेछ । गोलाप्रथाबाट म पनि छनौट भएँ । साह्रै उत्साही हँुदै साना किसान विकास बंैकको छनौट प्रक्रियामा भाग लिन काठमाडौ गएँ । 

त्यहाँबाट पनि छनौट भएपछि २०७५ सालको श्रावण महिनामा साना किसान विकास बैंक मार्फत इजरायलको आइक्याट कलेजमा अध्ययन र अभ्यासका लागि जाने अवसर मिल्यो । 

नेपालमा केही समय कृषिमा गरेको कामसंगै इजरायलमा कृषि पढाईसंगै काम पनि गर्न पाउने गरी जान पाएकोमा खुसी लागेको थियो । इजरायलको कृषि प्रविधि र कृषि उत्पादन देखेर मलाई कृषि व्यवसाय तर्फ अझै आकर्षण बढेर गयो । 

इजरायलमा बस्दा शैद्धान्तिक संगसंगै अभ्यासमा आधारित कृषि तालिम लिएर ११ महिना पछि नेपाल फर्किएँ । नेपाल फर्कीएपछि अरु केही पनि नसोची २०७६ पौष महिनामा हाम्रो घर अर्गानिक कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर खुला तरकारी खेती गर्न थालेँ । 

इजरायलमा सिकेको ज्ञान र सिपलाई उपयोग गर्दै आधुनिक प्रविधिबाट तरकारी खेती गर्ने तयारी स्वरुप मैले यो फार्म सञ्चालनमा ल्याएको थिएँ । इजरायलको प्रविधि तत्काल राख्न ठूलो पूँजीको आवश्यकता पर्ने थियो त्यसैले मैले खुल्ला रुपमै भएपनि व्यवसाय सुरु गरेको थिएँ । 

इजरायल तालिममा जाँदाको कमाईबाट बचत भएको रु।१० लाख रकम थियो । पूर्ण प्रविधिमा आधारीत फार्म बनाउन यति पैसाले पुग्ने अवस्था थिएन । त्यसैले कर्जाको लागि पोखराको धेरै वटा बंैकमा सम्पर्क राखें तर, कुनै बैकले पनि मलाई पत्याएनन् । 

मेरो आमा र भाउजु साना किसान कृषि सहकारी संस्था लि।, लाहाचोकमा सदस्य हुनु भएको हुँदा कर्जाको लागि उक्त संस्थामा सम्पर्क राखें । अनि त मलाई ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो । 

संस्थाबाट सहुलियत व्याजदरमा ग्रामीण कृषि उद्यम कर्जा लिएर व्यवसाय विस्तार गरें । अहिले मैले मेरो स्वपूँजी र साना किसान कृषि सहकारी संस्थाबाट लिएको कर्जाको सदुपयोग गरी अहिले ६० रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको छु । 

यसमा ४७ वटा थोपा सिंचाई प्रविधि सहितको प्लाष्टिक घर बनाएको छु । यसमा मैले काउली, गोलभेडा, काँक्रो, क्याप्सिकम, साग जस्ता तरकारी बेमौसमी रुपमा खेती गर्दै आएको छु । 

मैले बाख्रापालन व्यवसाय पनि सञ्चालन गरेको छु । पाठापाठी, खसी बोका, माउबाख्रा गरी जम्मा ८५ वटा छन् । स्थानीय जातको बाख्रामा बोर जातको बोका लगाएर उन्नत नश्लको पाठापाठी उत्पादन गरेर बिक्री गर्दै आएको छु । 

मेरो व्यवसाय देखेर अहिले त बैँकहरुले मलाई कर्जा लिन बोलाएका छन् । तर, मेरो योजनालाई विश्वास गरेर शुरुको अवस्थाबाट मलाई साना किसान कृषि सहकारी संस्था लि।ले यहाँसम्म ल्याएको हुँदा मेरो व्यवसायको साथी सधै साना किसान कृषि सहकारी संस्था नै बनिरहेको छ । 

मेरो यो व्यवसायमा हालसम्म कुल लगानी लगभग रु।१ करोड पुगेको छ । वार्षिक रुपमा भएको मुनाफा रकम पनि व्यवसाय विस्तारमा खर्च गर्दै आएको छु । हाल वार्षिक रुपमा तरकारी, बाख्रा, खसीबोका बिक्रीबाट करिव रु।३५ लाख आम्दानी गर्न थालेको छु । सबै खर्च कटाउँदा पनि वार्षिक रुपमा मैले रु।१२ लाख मुनाफा कमाउन सफल भएको छु । 

मेरो व्यवसायमा ५ जना स्थानीय युवाहरुलाई नियमित रोजगारी दिएको छु । यस व्यवसायमा अब थप लगानी गर्नु पर्ने अवस्था छैन । निर्माण भईसकेको पूर्वाधारमा तरकारी खेती र बाख्रापालन गर्ने हुँदा आगामी दिनमा मेरो मुनाफा रकम अझै वृद्धि हुँदै जानेमा म विश्वस्त छु । 

मेरो जीवन सँगीनीले पनि इजरायलमा म सँगै कृषि तालिम लिनु भएको हुँदा यो व्यवसाय सञ्चालन गर्न सजिलो भएको छ । हामी यही कृषि व्यवसायमा रमाएका छौ । कृषि व्यवसायमा आम्दानी सहितको आत्म सन्तुष्टिले हाम्रो पारिवारिक जिवनमा पनि खुशीयाली ल्याएको छ । साना किसान कृषि सहकारीले यसरी मलाई निम्नस्तरबाट कृषि उद्यमी बनाउन ठूलो योगदान दिएको छ । संस्थाको कार्यक्रमहरु सफल बनाउन मेरो पनि सधै साथ रहनेछ । 



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस