विश्वमा सबैभन्दा बढि खाद्यन्न उत्पादन गर्ने देश चीन, नेपाल दाल र अदुवामा ५ औं स्थानमा विश्वका २२ प्रतिशत जनतालाई खाना खुवाउँछ चाईना

 नेपाल कृषि सहकारी केन्द्रीय संघ   २३ सावन, २०८०


विश्वमा सबैभन्दा बढि कृषि उत्पादन गर्ने देश चीन रहेको छ । विश्वभरमा रहेको खेतीयोग्य जमिनको ७ प्रतिशत जमिन चीनमा रहेको छ । एग्रो लर्नर पत्रिकाले सार्वजनिक गरेको एक रिपोर्टमा विश्वभरमा बढि कृषिजन्य उत्पादन गर्ने देशहरुको १ नम्बरमा चीनको नाम उल्लेख गरिएको छ । 
चीनले विश्वका २२ प्रतिशत नागरिकलाई पुग्नेगरी कृषिजन्य उत्पादन गर्दै आएको उल्लेख छ । 

यसैगरी दोस्रो नम्बरमा अमेरीका परेको छ ।

विश्वमा खाद्यन्न उत्पादन गर्ने मुलुकको तेस्रो नम्बरमा ब्राजिल रहेको छ ।

यसैगरी खाद्यन्न बढि उत्पादन गर्ने देशको सूचिमा चौथो नम्बरमा भारत रहेकोछ । खाद्यन्न उत्पादन गर्ने देशको ५ औं नम्बरमा रुस रहेको रिपोर्टमा उल्लेख गरिएको छ । 
छैटौंमा फ्रान्स, सातौमा मेक्सिको, आठौंमा जापान, नबौंमा जर्मनी र दशौं नम्बरमा टर्की खाद्यन्न उत्पादन गर्ने देशको सूचीमा रहेकाछन् । 
नेपाल दाल र अदुवा उत्पादनमा विश्वमा ५ औं स्थानमा रहेको विकीपीडीयाले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । 

 



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस